सुदूरपश्चिम

कुलो खन्न गएकी भण्डारीको जलेर मृत्यु

इकागज | चैत १६, २०८०

डोटी- वन डढेलोमा परेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । 

पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन् । कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो ।

उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो । उनको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब निरीक्षक नारायणसिंह नेगीले बताए । 

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्रीको जिम्मेवारी तोकियो

इकागज | चैत १५, २०८०

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सह...

वर्तमान सरकारलाई विश्वासको मत दिन्छौं, संसदीय दलको निर्णय फिर्ता हुँदैन : नागरिक उन्मुक्ति पार्टी

इकागज | चैत ४, २०८०

सुदूरपश्चिम- नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह...

धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा

इकागज | चैत २, २०८०

कैलाली- एसियाली विकास बैंकको सहयोगमा धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडक स्तरोन्नतिको काम अन्तिम चर...