भन्सार छलेर भित्र्याइएका सामान बरामद

इकागज | फागुन २४, २०८०

लुम्बिनी- रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरामद गरेको छ ।

प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ कालिदहबाट एक सय ४० बोरा प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । उक्त प्याज मोटसाइकल र साइकलमा ढुवानी गरी गोदाम गरिरहेका अवस्थामा बरामद गरिएको उनले जानकारी दिए ।

बरामद गरिएका चार मोटरसाइकलमध्ये एउटा भारतीय नम्बरप्लेट र तीन नेपाली नम्बरप्लेटका छन् । त्यस्तै सातवटा साइकल बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएको प्याज, मोटरसाइकल र साइकल आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको प्रनाउ भट्टले बताए ।

यस्तै भारतबाट नेपालतर्फ अवैधरूपमा भन्सार छली चोरी पैठारी गरी ल्याइएको उपभोग्य सामान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले मङ्गलबार रोहिणी गाउँपालिका–३ स्थित धकधईबाट अन्दाजी रु दुई लाखबराबरको सामान बरामद गरेको हो ।

प्रहरीले बरामद गरेको सामानमा फागुपूर्णिमाका लागि आवश्यक पर्ने पिच्कारी, रङ, बेलुन, जुत्ता र चप्पल, टिसर्टलगायत छन् । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रनाउ भट्टले जानकारी दिए ।

लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त, गरे मन्त्रिमण्डल पुनर्गठन

इकागज | फागुन २३, २०८०

दाङ- लुम्बिनी प्रदेशमा नेकपा माओवादीका दुइ मन्त्री बर्खास्तमा परेका छन् । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबह...

विश्वभर बुद्धको सन्देश फैलाउन ‘लरेट एन्ड लिडर्स’ शिखर सम्मेलन हुने

इकागज | फागुन १९, २०८०

लुम्बिनी- शान्तिका अग्रदूत भगवान् बुद्धको जन्मस्थल लुम्बिनीमा यही फागुन २८ र २९ गते आयोजना हुने ‘लर...

लुम्बिनीद्वारा सडक दुर्घटना न्यूनीकरण गर्न विज्ञ संलग्न कार्यदल बनाउने

इकागज | फागुन १४, २०८०

देउखुरी- लुम्बिनी प्रदेशले सडक दुर्घटना न्यूनीकरणका लागि यान्त्रिक गडबडीका कारण हुने सवारी दुर्घटना...

लुम्बिनीमा फोहोरको समस्या जटिल बन्दै, पर्यटकमा नकारात्मक प्रभाव

इकागज | फागुन ११, २०८०

लुम्बिनी- बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहोरको समस्या निकै जटिल बन्दै गएको छ । बुद्ध...

बेलायतका विकासमन्त्री लुम्बिनी अस्पतालमा, मातृ-शिशु स्वास्थ्य र बालबालिकाको पोषण क्षेत्रमा सहयोग बढाउने

इकागज | फागुन ८, २०८०

लुम्बिनी- नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मि...

हिन्दु र मुस्लिमको आस्थाको केन्द्र बन्दै मुसबेटवा बाबा मजार

इकागज | फागुन ३, २०८०

​​बाँके- बाँकेको खजुरा गाउँपालिका-४ स्थित मुसबेटवा बाबा मजार हिन्दु र मुस्लिम धर्मावलम्बीको आस्थाको केन्...