बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै

इकागज | जेठ ५, २०८१

नेपालगञ्ज- बाँकेको नेपाल–भारतक जमुनाहा नाका आजदेखि दुई दिनका लागि बन्द हुने भएको छ ।

भारतको उत्तरप्रदेश राज्यको बहराइच जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि सीमा नाका आज राति साढे १० बजेबाट सोमबार बेलुका ५ बजेसम्म दुई दिन बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय, बाँकेले जनाएको छ । भारतमा सोमबार निर्वाचन हुँदैछ । 

खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौतीलाई मध्यनजर गरी भारतीय सुरक्षा निकायबाट पत्राचार भएअनुसार सीमा नाका बन्द गर्न लागिएको बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले जानकारी दिए । नेपाल र भारत दुवै देशमा विभिन्न तहका निर्वाचन हुने समयमा विगतमा पनि सीमा नाका बन्द हुँदै आएका थिए । 

यसअघि गत साता पनि भारतको बहराइच जिल्लाको बहराइचमा निर्वाचन भएकाले ७२ घण्टाका लागि जमुनाहा नाका बन्द गरिएको थियो ।

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने

इकागज | बैशाख २९, २०८१

नवलपरासी- पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी तथा शिक्षकले आफ्ना ...

प्रधानमन्त्री आउने भएपछि दार्मामा वैशाख २८ गते सार्वजनिक बिदा (विज्ञप्तिसहित)

इकागज | बैशाख २६, २०८१

काठमाडौँ - सल्यानको दार्मा गाउँपालिकाले आउँदो वैशाख २८ गते सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री पुष्पक...