भारत–नेपाल सांस्कृतिक महोत्सव

इकागज | मंसिर २३, २०८०

लुम्बिनी (मर्चवार)- नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सव आयोजना गरेको छ । शुक्रबार सम्पन्न महोत्सवमा बौद्ध धर्मलाई केन्द्रमा राखी भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा तथा परम्परा प्रस्तुत गरिएको थियो ।

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किराती, र लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नेपालका लागि भारतका लागि राजदूत नवीन श्रीवास्तवले संयुक्तरूपमा उद्घाटन गरे । 

त्यस अवसरमा मन्त्री किरातीले महोत्सवका माध्यमबाट दुई देशबीचको बलियो सांस्कृतिक एवं ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउन सकिने बताए । शताब्दीऔँ पुरानो नेपाल र भारतबीचको जनस्तरको सम्बन्धलाई यस्ता महोत्सवले अझ सुमधुर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । 

राजदूत श्रीवास्तवले हरेक वर्ष लुम्बिनीमा यस्ता महोत्सव आयोजना गरिने बताउँदै त्यसबाट दुवै देशका साझा सम्पदा, परम्परा र संस्कृतिबारे नेपाली र भारतीयलाई जानकारी हुने र त्यसले एकअर्कालाई नजिक ल्याउन सहयोग गर्ने विचार व्यक्त गरे ।

यसैबीच, शुक्रबार बेलुका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्दोलनरत पक्षसँग कुरा गर्दै मन्त्री किरातीले देश कठिन अवस्थामा रहेका बेला आन्दोलन त्याग्न आग्रह गर्नुभयो । उहाँले नेपाल वायु सेवा निगमसँग पर्याप्त हवाईजहाज नभएकाले लिजमा लिएर भए पनि चाँडोभन्दा चाँडो भैरहवाबाट उडान गर्ने सोचमा सरकार रहेको बताए । 

मन्त्री किरातीले दैनिक चार वटाभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले एउटा उडान अनिवार्यरुपमा भैरहवाबाट गर्नुपर्ने नियम सरकारले बनाउने बताए । रासस

लुम्बिनी प्रदेशका प्रदेश प्रमुखद्वारा निजामती ऐन प्रमाणीकरण

इकागज | मंसिर २१, २०८०

तुलसीपुर (दाङ)- लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश निजामती ऐन प्रमाणीकरण गरेका छन् । प्रदेश नि...

व्यावसायिक कालिजपालन गर्ने रानाको गुनासो- वन बिरालो र सर्प पसेर हैरान पार्‍यो

इकागज | मंसिर १८, २०८०

रामपुर (पाल्पा)- रामपुर क्षेत्रमा नयाँ व्यवसायको रुपमा कालिजपालन थालनी भएको छ । रामपरु नगरपालिका&ndas...

तुलसीपुर उपमहानगरले भन्याे : ‘सिकलसेल कुण्डली' मिलाएर मात्र विवाह गर्नूस्

इकागज | मंसिर १६, २०८०

तुलसीपुर (दाङ)- सिकलसेल एनेमिया वंशाणुगत रोग हो । नेपालमा विशेषगरी थारू समुदायमा यो रोग देखिएको छ...

सेयर बजारमा आम्दानी गरेर कलेजको शुल्क तिर्दै विद्यार्थी, एक हजारबाट सुरू गरेर २ लाखको पोर्टफोलियो

इकागज | मंसिर १३, २०८०

नेपालगञ्ज- बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले सेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छ...