लुम्बिनीमा टुंगियो भागबण्डा, आज सरकार विस्तार हुने

इकागज | बैशाख ६, २०८१

बुटवल- लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ । चैत्र २३ गते मुख्यमन्त्री बनेका जोखबहादुर महराले अहिलेसम्म भागबण्डा मिलाउन नसक्दा सरकार विस्तार गर्न सकेका थिएनन् ।

सत्ता समीकरणमा रहेका दलहरूबीच भागबण्डा मिलेपछि मुख्यमन्त्री महराले आज सरकार विस्तार गर्दै ११ सदस्यीय मन्त्रिपरिषद बनाउने तयारी गरेका हुन् ।

भागबण्डामा एमालेले पाँच मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक-एक मन्त्रालय पाउने भएका छन् ।

कुन दलले कुन मन्त्रालय पाउने भन्ने अझै नटुंगिएको बताइएको छ । 

लुम्बिनीका मुख्यमन्त्रीद्वारा पदभार ग्रहण, भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजना निर्माण गर्न कार्यदल गठन

इकागज | चैत २५, २०८०

लुम्बिनी- लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले भ्रष्टाचारविरुद्धको रणनीति तथा कार्ययोजन...