संसद्

संसदीय समितिमा बालेन शाहकाे चर्चा, रवि लामिछानेमाथि प्रश्न

इकागज | बैशाख २३, २०८१

काठमाडौँ- सांसदहरूले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहकाे कामकाे प्रशंसा गरेका छन् । स्थानीय सरकारकाे कामकाे प्रशंसा गर्दै संघीय सरकारले किन नगरेकाे भनेर सांसदहरूले प्रश्न समेत उठाएका छन् । 

कानुन न्याय तथा मानवअधिकार समितिमा आइतबार केही नेपाल ऐन संशोधन विधेयकमा स्वास्थ्य मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल थियाे । 

छलफलमा सम्बन्धित मन्त्रालयकाे तर्फबाट मन्त्री र सचिव सहभागी थिए । स्वास्थ्य मन्त्री उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेकाले उक्त मन्त्रालयकाे कार्यवाहक जिम्मेवारी पाएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने जवाफ दिन उपस्थित थिए । 

छलफलकाे विषय थियाे, न्याम्स र वीर अस्पताललाई अलग गरेर छुट्टै संरचना बनाउने । दुवैलाई अलग गरेर स्वायत्त बनाउने प्रस्तावसहित सरकारले संशोधन गर्न खाेजेकाे छ । 

संशोधनमा भाग लिँदै कांग्रेस सांसद जीवन परियारले न्याम्सबाट वीर अलग गर्न उपयुक्त हुने तर त्यसका लागि केही सर्तहरू निर्धारण गर्नुपर्ने बताए । 

त्यसपछि उनले संघीय सरकारमातहत रहेका सरकारी अस्पताल किन प्रभावकारी बन्न सकेनन् भनी प्रश्न उठाए । 

`काठमाडौँका मेयर बालेन शाहले गरिब निमुखालाई नि:शुल्क उपचार दिन्छु, पालिकाबाट सिफारिस गरेर ल्याउनु भन्छ, यति बेड खाली छ भन्छ । केन्द्रीय सरकार के हेरेर बसेकाे छ, यत्राे राज्य सञ्चालनकर्ता भएर किन सक्दैन ?´ कार्यवाहक स्वास्थमन्त्री लामिछानेलाई साेधे । उनले यसका लागि छुट्टै नीति बनाएर गरिब निमुखालाई सर्वसुलभ उपचार दिनुपर्नेमा जाेड दिए । सरकारी अस्पतालमा  कालाेबजारी मौलाएकाे, गरिबले उपचार नपाएर आत्महत्या गरेकाे, खर्च नतिरी भाग्नुपरेकाे अवस्था सुनाउँदै रिजल्ट देखिने गरी अनुगमन गर्न माग गरे । 

सरकारले निजी अस्पताललाई त नीतिअनुसार सीमित प्रतिशत नि:शुल्क उपचारका लागि बाध्य बनाउनुपर्नेमा  सरकारी नै भद्रगाेल भएकाे बताए । `अस्पतालले टास्नुपर्याे यति नि:शुल्क, यति पैसा लाग्ने भनेर,´ उनले भने, `संविधानमा नि:शुल्क स्वास्थ्य लेख्यौं तर कार्यान्वयन भएन ।´ 

सरकारी अस्पताललाई राज्यकाे नियमनमा राख्नुपर्ने उनकाे भनाइ छ ।  

सांसद परियारले अन्तिममा भने, `न्याम्स र वीर अलग राखौं । न्याम्सलाई ५ वर्ष ताेकेर अर्काे अस्पताल नबन्दासम्म जाेडेर जानुपर्छ ।´ 

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारी अस्पतालकाे सेवा सुधार गर्न, गरिब निमुखाकाे आशाकाे केन्द्र बनाउन अनुराेध गरे । 

कार्यवाहक स्वास्थ्य मन्त्री लामिछानेले वीर अस्पताल मुलुककाे केन्द्रीय स्वास्थ्य प्रणालीमा महत्त्व अस्पताल भएकाले सेवा अब्बल बनाउन छुट्टै निकायमा रूपमा सञ्चालन गर्न खाेजिएकाे बताए । स्वास्थ्य प्रणाली जनमुखी बनाउने सरकारकाे प्राथमिकतामा रहेकाे उनकाे भनाइ छ ।

सभामुखद्वारा संसद्को आगामी अधिवेशन अगावै महत्वपूर्ण विधेयकहरूमाथि छलफल गरी पारित गर्न संसदीय समितिको ध्यानाकर्षण

इकागज | बैशाख १८, २०८१

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको आगामी अधिवेशन अगावै महत्वपूर्ण विधेयकहरूमाथि ...

प्रस्तावित महालेखा परीक्षक रायालाई सांसदको प्रश्नः बेरुजु कम गर्ने योजना के छ ?

इकागज | बैशाख ४, २०८१

काठमाडौँ - “बेरुजु प्रत्येक वर्ष बढ्दै गएको छ, छ वर्षमा बेरुजु न्यूनीकरण गर्ने योजना के छ ?”...

युद्धग्रस्त देशमा रहेका नेपालीबारेमा छलफल गर्न बोलाइएको बैठक कोरम नपुगेपछि स्थगित

इकागज | बैशाख ४, २०८१

काठमाडौँ- अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक स्थगित भएको छ । मंगलबार बिहान बोलाइएको समितिको बै...