संसद्

प्रधानमन्त्री र ओलीलाई सभामुखको सुझाव : अवरोधका बीच विश्वासको मत लिँदा राम्रो सन्देश​ जाँदैन

इकागज | जेठ ५, २०८१

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदको अवरोध खुलाउने विषयमा तीन सन्देश दिएका छन् ।

सभामुखको सचिवालयका अनुसार सभामुखले सहमति गरेपछि संसद् संचालन गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै सहमति गर्न र अध्यादेशबाट बजेट ल्याउने संविधानले नै परिकल्पना नगरेको सन्देश दिएका छन् ।

सभामुखले प्रधानमन्त्री र ओलीलाई दिएका तीन सन्देश: 

१) प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस् । म निर्वाध र सौहार्दपूर्ण ढंगबाट संसद् सञ्चालन होस् भन्ने चाहन्छु । जति बल गरेर संसद् चलाए पनि एक क्षणमा त सहमति गर्नैपर्छ । पछि होइन, अहिल्यै सहमति गर्नुहोस् । भोलि बिहान ११ बजे अघि नै सहमतिमा पुग्नुहोस् ।

२) नीति तथा कार्यक्रम पास गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिन र बजेट प्रस्तुत गर्ने कार्य असमझदारी र अवरोधका बीच गर्दा राम्रो सन्देश जाँदैन । 

३) सार्वजनिक सञ्चार माध्यममा आएजस्तो अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गरेको छैन । अध्यादेशबाट बजेट ल्याउने, कानून ल्याउने हो भने संसद र जनप्रतिनिधिको महत्व घटेर जान्छ ।

सभामुखको सन्देशपछि प्रधानमन्त्रीले पुनः कांग्रेससँग बसेर सहमति गर्ने बताएका सभामुखको सचिवालयले जानकारी दिएको छ । 

संसदमा बोल्न नपाएपछि गृहमन्त्री लामिछानेले भनेः यति घिन लाग्दो मिडिया ट्रायल

इकागज | जेठ ३, २०८१

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले संसदमा एक पटक बोल्न पाउनुपर्ने माग गरेका छन् । उनले बिहीबार नेपाली...