संसद्

प्रतिनिधिसभाको गतिरोध अन्त्यको प्रयास जारी

इकागज | जेठ ३, २०८१

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठक निर्धारित समयभन्दा केही पछि बस्ने भएको छ । सभामुख देवराज घिमिरले सदन सञ्चालनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग  टेलिफोनवार्तापछि बैठक निर्धारित समयभन्दा केही पछि सञ्चालन हुने भएको हो ।

प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बैठक निर्धारित समयभन्दा पछि सार्न आग्रह गरेको सभामुख घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए । यसअघि प्रतिनिधिसभाका बैठक ११ बजे बोलाइएको थियो ।

कांग्रेसले सहकारीको रकम अपचलनका सन्दर्भमा निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै संसद् बैठक अवरोध गर्दै आएको छ । प्रधानमन्त्री दाहालले आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्ने वातावरण निर्माण गरिरहेको जानकारी दिएका छन् ।

बैठकको गतिरोध अन्त्य गर्न सभामुख घिमिरेले संघीय संसद् भवन नयाँ बानेश्वरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका छन् ।

छलफलमा कानून मन्त्री पदम गिरी, उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेस सचेतक सुशीला थिङ, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौला, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक सन्तोष परियार र राप्रपा सचेतक बिनाकुमारी लामा सहभागी थिए । रासस

बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक, धन्यवाद प्रस्ताव पाँचौँ नम्बरमा

इकागज | जेठ २, २०८१

काठमाडौँ - बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित ९ वटा कार्यसूच...

'डमी' बनाएर संसद्‌ भवनमा राष्ट्रपति स्वागतको रिहर्सल (फोटो फिचर)

इकागज | जेठ १, २०८१

काठमाडौँ- सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आउने कार्यक्रमका लागि संसद्&...

कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सभामुख घिमिरे परामर्शमा व्यस्त

इकागज | जेठ १, २०८१

काठमाडौँ- सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दैछन् । सभामु...

सरकारको नीति तथा कार्यक्रमको प्रस्तुति अन्योलमा, परामर्शमा सभामुख

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ - मंगलबार संसदको संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम कांग्रेसको अवरोध...

एमबीबीएस र बीडीएसको छात्रवृत्ति कोटामा चलखेल भएको भन्दै सांसदहरूकाे आपत्ति

इकागज | बैशाख ३०, २०८१

काठमाडौँ - बंगलादेश सरकारले नेपाल सरकारलाई एमबीबीएस र बीडीएस अध्ययनका लागि प्रदान गरेको छात्रवृ...