प्रमुख समाचार

ओलीले गिरीबन्धु टी-स्टेटको जग्गा आफूले बेचेर कांग्रेसलाई भन्नुभएछ : देउवा

इकागज | जेठ ३, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरीबन्धु टी-स्टेटको जग्गा बिक्री गर्ने निर्णय एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको बेलामा गरेको आरोप लगाएका छन् ।

बिहीबार प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफूले बेचेको जग्गा कांग्रेसले बेच्यो भनेर आरोप लगाएको भन्दै ओली जस्तो नेताले यस्तो कुरा बोल्न नसुहाउने टिप्पणी गरेका हुन् ।

ओलीले बुधबार एमालेको संसदीय दलको बैठकमा गिरीबन्धु टी-स्टेटको जग्गा कांग्रेसले ७० बिघा बेचेको आरोप लगाएपछि कांग्रेस सभापति देउवाको यस्तो टिप्पणी आएको हो ।

देउवाले भने 'नेपालको राजनीतिमा ओलीजीले बोलेको कुरा बाहिर आएको गिरीबन्धु टी स्टेटको बारेमा, कांग्रेसको पालामा भएको भनेर, आफूले निर्णय गर्नुहुन्छ, कांग्रेसलाई भन्नुहुन्छ, कहिले कुन बेलामा भयो भन्दिए भइहाल्यो नि, त्यसैले उहाँजस्तो नेताले यस्तो कुरा गर्न सुहाउँदैन्, आफूले गरेको कुरालाई गरेको भन्नलाई के को आपत्ति ?'

सन्दीपलाई बधाई दिँदै ओमानका कप्तान इल्यासले लेखे- हजुर र नेपालको लागि ठूलो र शुभ दिन हो

इकागज | जेठ ३, २०८१

काठमाडौँ- ओमानका राष्ट्रिय क्रिकेट टोलीका कप्तान अकिब इल्यासले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई बधाई द...

प्रगतिशील, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सीताबाट प्रेरणा प्राप्त होस् : राष्ट्रपति पौडेल

इकागज | जेठ ३, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले लैङ्गिक विभेदलगायत सबै प्रकारका सामाजिक र साँस्कृतिक विभेदको अन्त्य...

सीता जयन्तीले नारीमाथि हुने शोषण अन्त्य गर्न प्रेरणा मिल्ने छ : उपराष्ट्रपति यादव

इकागज | जेठ ३, २०८१

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले सीता जयन्तीले नारीमाथि हुने शोषण, हिंसा र विभेद्को अन्त्यका ...

सन्दीप लामिछानेले न्याय पाएकोमा बधाई, न्यायालयलाई धन्यवाद : जनार्दन शर्मा

इकागज | जेठ ३, २०८१

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएपछि नेकपा माओवादी केन्द्रका नेता तथा पूर्...