प्रमुख समाचार

निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्छु : शशाङ्क कोइराला

इकागज | जेठ ५, २०८१

नवलपरासी- नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले निर्वाचनको बेला आफूले गरेको प्रतिबद्धता पूरा गर्ने बताएका छन् । 

उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पाँचौँ साधारणसभाका अवसरमा आज गैँडाकोटमा आयोजित कार्यक्रममा उनले प्रतिबद्धताअनुसार काम भइरहेको बताए । 'मैले निर्वाचनका बेला यस क्षेत्रको विकासका लागि केही प्रतिबद्धता गरेको थिएँ, तिमध्ये केही योजना हुने प्रक्रियामा छन् । बाँकी प्रतिबद्धता पूरा गर्न म कटिबद्ध भएर लाग्ने छु,' उनले भने । 

नारायणी नदी तटबन्धसहितको हरित सडक, बीपी अन्तर्राष्ट्रिय रङ्गशाला, ट्रमा सेन्टरलगायतका पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता आफूले जनाएको भन्दै ती कामको सुरुआत भइसकेको उनको भनाइ थियो । 

डा कोइरालाले देशको समृद्धिका लागि सबैभन्दा बढी सम्भावनाको क्षेत्र कृषिमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए । 'नेपालको समृद्धिका लागि प्रचुर सम्भावनाका रूपमा रहेको कृषि क्षेत्रमा बजेट घट्दै गएको छ । अहिले कुल बजेटको पाँच प्रतिशतका हाराहारीमा यस क्षेत्रको बजेट खुम्चिएको छ । अब कृषि क्षेत्रबाट परिवर्तन ल्याउन सोच परिवर्तन गरेर अगाडि बढ्नुपर्छ,' उनले भने । 

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिद्वारा दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा

इकागज | जेठ ५, २०८१

काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणको संघर्षका कार्यक्रमहरू घोषणा ...

९ जना वन्यजन्तु सिकारी जनप्रतिनिधिको दबाबमा २४ घण्टा नबित्दै छुटे

इकागज | जेठ ५, २०८१

बारा- बाराको कोल्हवी सब डिभिजन वन कार्यालय क्षेत्रबाट नियन्त्रणमा लिइएका ९ जना वन्यजन्तु सिकारी जनप्र...

राजनीति एकदमै फोहोरी खेल हो भन्‍ने भाष्यलाई परिवर्तन गर्नुपर्छ : सुहाङ नेम्वाङ

इकागज | जेठ ५, २०८१

काठमाडौँ- नेकपा एमाले सांसद सुहाङ नेम्वाङले राजनीति एकदमै फोहोरी खेल हो भन्ने भाष्यलाई परिवर्तन गर्नुप...

सत्ताको वरिपरिमात्रै घुम्‍ने कांग्रेसको प्रवृत्तिका कारण सदन अवरोध भयो : बर्तौला

इकागज | जेठ ५, २०८१

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसका कारण संसदीय प्रणालीमाथि प्रश्न सिर्जना हु...

प्रधानमन्त्री बन्‍ने होडबाजीले मुलुकमा राजनीतिक अस्थिरता देखियो : शेखर कोइराला

इकागज | जेठ ५, २०८१

काठमाडौँ- नेपाली कांग्रेस नेता शेखर कोइरालाले मन्त्री परिवर्तन भएसंगै नीति पनि परिवर्तन हुने गरेका कार...

अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन

इकागज | जेठ ५, २०८१

काठमाडौँ- गृह मन्त्रालयले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागलाई अधिकार प्रत्...

गौतम गम्भिरलाई भारतीय टिमको प्रशिक्षक बनाउने योजनामा बीसीसीआई

इकागज | जेठ ५, २०८१

काठमाडौँ- भारतको क्रिकेट बोर्ड बीसीसीआईले भारतका पूर्व क्रिकेटर गौतम गम्भिरलाई मुख्य प्रशिक्षक बनाउने तया...