प्रमुख समाचार

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की चयन भएका छन् । प्रहरी प्रधान कार्यालयले आज प्रहरी महानिरीक्षकका सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

प्रहरीद्वारा सम्पादित जनसरोकारका काम-कारबाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यममा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ र इमेल ठेगाना  [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

जसपा नेपालले सभामुखलाई दियो सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले संसद् सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जान...

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ : प्रधानमन्त्री प्रचण्ड

इकागज | बैशाख ३१, २०८१

चितवन- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्...