असार ३१ गते नेको इन्स्योरेन्सको २५ औं साधारण सभा

इकागज | असार १०, २०७८

काठमाडौँ : नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा हुने भएको छ । आज असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २५ औँ साधारण सभा असार ३१ गते बिहीबार गर्ने निर्णय भएको हो ।  आजको बैठक कम्पनीको ४०७ औँ बैठक हो । साधारण सभा विद्युतीय माध्यम (भर्चुअल) विधिबाट हुने छ । कम्पनीले साधारण भर्चुअल विधिबाट हुने साधारण सभामा सहभागी हुन सबै शेयर धनीलाई आग्रह गरेको छ । 

आजको बैठकमा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६÷०७७ को लेखापरीक्षण प्रतिवेदनसहित सबै वित्तीय विवरणहरुमाथि छलफल गरेर पारित गर्ने प्रस्ताव गरिएको कम्पनीले बताएको छ ।

त्यस्तै कम्पनी ऐनको दफा ११ बमोजिम आर्थिक वर्ष २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र लेखापरीक्षकको पारिश्रमिक तोक्ने विषयमा पनि छलफल भएको कम्पनीले जनाएको छ । 
 
त्यस्तै सञ्चालक समितिबाट प्रस्ताव भए अनुसार आर्थिक वर्ष २०७६/०७७ को नाफारनोक्सान हिसाबबाट चुक्ता पूँजीको ०दशमलब ८२५ नगद लाभांश कर प्रयोजनको लागि एक करोड ७४ लाख सात हजार चारसय ७० रुपैयाँ पारित गर्ने प्रस्ताव पनि पेश भएको बताइएको छ ।    
 
बैठकमा विशेष प्रस्तावको रुपमा सञ्चालक समितिबाट प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०७६/०७७ नाफा/नोक्सानको हिसाबबाट प्रत्येक १०० कित्ता बराबर १५दशमलब ५ कित्ता बोनस शेयर जारी गर्ने विषय उल्लेख गरिएको छ । बोनस शेयर जारी गर्दा आउने खण्डित शेयरलाई पछि मिलान गर्ने गरी कम्पनीको हिसाब राख्ने बताइएको छ ।  

यस्तो छ कम्पनीको सूचना 

१० अर्ब बढी पुँजीको दोस्रो पुनर्बीमा कम्पनीलाई लाइसेन्स दिन आवेदन खुल्यो

इकागज | बैशाख १६, २०७८

काठमाडौं : बीमा समितिले थप एक पुनर्बीमा कम्पनी खोल्न प्रक्रिया अघि बढाएको छ । समितिले निजी क्षेत्रलाई पु...

प्रबन्‍धपत्र संशोधन गर्दै सकियो अजोड इन्स्योरेन्सको साधारणसभा

इकागज | बैशाख ८, २०७८

काठमाडौं : अजोड इन्स्योरेन्स कम्पनीको साधारणसभा सम्पन्‍न भएको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संश...

४८,०६९ लाई कोभिड–१९ विरुद्धको बीमा दाबी बापत् ४ अर्ब ६६ करोड भुक्तानी

इकागज | फागुन २३, २०७७

काठमाडौँः कोभिड–१९ विरुद्धको बीमा दाबीमध्ये ४८ हजार ६९ जनाले दाबी भुक्तानी पाएका छन् । दाबी भुक्...

बीमा समितिका अध्यक्ष सिलवालले लिए सपथ, अर्थमन्त्रीको निर्देशन - समस्या समाधान गर्न खरो रुपमा उत्रनू

इकागज | माघ २२, २०७७

काठमाडौं : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बीमा क्षेत्रमा भएका समस्या समाधानका लागि खरोरुपमा उत्रन र आफ्नो...