लघु बीमाको लाइसेन्सका लागि ३१ कम्पनीको निवेदन (सूचीसहित)

इकागज | असोज १३, २०७९

काठमाडौंँ- लघु बीमा व्यवसाय सञ्चालनको लाइसेन्स माग गर्दै बीमा समितिमा ३१ कम्पनीले  निवेदन दिएका छन् । बीमा समितिमा अन्तिम दिन अर्थात असोज १३ गतेसम्ममा परेको आवेदन अनुसार जीवन र निर्जीवन गरी ३१ कम्पनी निवेदन बुझाएका हुन् ।

 निर्जीवन लघुबीमा व्यवसाय सञ्चालनको लागि १६ र जीवन लघुबीमा व्यवसाय सञ्चालनको लागि १५ वटा कम्पनीको आवेदन परेको छ बीमा समितिले जनाएको छ । म्याद सकिनुभन्दा एक दिन अघिसम्ममा १० वटा कम्पनीले आवेदन दिएका थिए भने अन्तिम दिनमा थप २१ वटा कम्पनीले आवेदन दिएको समितिले जानकारी गराएको छ ।

आवेदन दिने कम्पनीहरुमध्ये निर्जीवन तर्फका नेओ लाइट माइक्रो (जनरल) इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स, एभरेष्ट माइक्रो इन्स्योरेन्स, एक्प्रेस माइक्रोइन्स्योरेन्स, ट्रष्ट माइक्रो इन्स्योरेन्स, माछापुच्छ्रे माइक्रो इन्स्योरेन्स, अल्फा माइक्रोइन्स्योरेन्स, उन्नती माइक्रोजनरल, मुक्तिनाथ जनरल, गरिमा माइक्रो जनरल, सिजी इन्स्योरेन्स माइक्रो इन्स्योरेन्स, गण्डकी माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो, केयर माइक्रो जनरल र अभियान लघु बीमा कम्पनी गरी १६ वटा रहेका छन् ।

त्यस्तै, जीवन लघु बीमा व्यवसाय सञ्चालन गर्नको लागि स्वेदशी लघु जीवन बीमा, जानकी जीवन बीमा कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्स, उन्नती माइक्रोलाइफ इन्स्योरेन्स, लुम्बिनी लघु जीवन बीमा, मुक्तिनाथ लाइफ, गरिमा माइक्रो लाइफ, सिजी लाइफ इन्स्योर माइक्रोइन्स्योरेन्स, प्रोटेक्टिभ माइक्रोलाइफ, क्रिष्ट माइक्रो लाइफ, लिवर्टी माइक्रो लाइफ, श्री शक्ति लघुवित्त जीवन बीमा कम्पनी, हिमशिखर जीवन लघु बीमा, सुरक्षा लघु जीवन बीमा र स्वर्गद्धारी लघु जीवन बीमा कम्पनी इच्छुक देखिएका छन् ।

बीमा समितिले ७ वटा कम्पनीलाई लाइसेन्स दिने गरी निवेदन मागेको थियो । जसमध्ये ३ वटा जीवन र ४ वटा निर्जीवन लघुबीमा कम्पनी हुनेछन् । जसको चुक्ता पुँजी न्यूनतम ७५ करोड रुपैयाँ तोकिएको छ ।

लघुबीमक स्थापना तथा दर्ता सम्बन्धी निर्देशिका अनुसार प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै कम्पनीमा सेयर हिस्सा अर्थात क्रस होल्डिङ रहेमा उक्त लगानीकर्ता संस्थापक बन्न पाउने छैनन् । तर, जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीले र्जीवन लघुबीमा र निर्जीवन बीमा व्यवसाय गर्दै आएकाले भने जीवन लघुबीमा कम्पनीले खोल्न पाउने समितिको भनाई छ ।

सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत बीमाको विकास तथा विस्तार गर्नको लागि लघुबीमा कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार बीमा समितिले लाइसेन्सको प्रकृयालाई अघि बढाएको जनाएको छ ।

झन्डै १ वर्षसम्म नवीकरण बिना बीमा कम्पनी सञ्‍चालन, बीमा समिति रमिते

इकागज | साउन ३०, २०७९

काठमाडौँ - बीमा कम्पनीहरूले झन्डै एक वर्षसम्म बिना नवीकरण कम्पनी सञ्चालन गर्दा नियामक निकाय बीमा समिति र...

'बीमा गर्ने र भुक्तानी नगर्ने स्थितीले बीमा क्षेत्रको विश्वास घट्यो'

इकागज | साउन ३०, २०७९

काठमाडौँ- बीमा कम्पनीहरूले कोरोना बीमाको नाममा सर्वसाधारणबाट रकम उठाएर भुक्तानी गर्न नसकेको भन्दै महाल...