प्राइम लाइफ इन्स्योरेन्स कम्पनीलाई जरिवाना

इकागज | माघ १६, २०७८

काठमाडौं– प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १० हजार जरिवाना तिर्नुपर्ने भएको छ। कम्पनीले विभिन्न नियम उल्लंघन गरेकाले बीमा समितिले जरिवाना गराउने निर्णय गरेको हो ।

समितिबाट जारी सुशासन सम्बन्धी निर्देशिका २०७५ तथा वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ विपरित कार्य गरेका कारण प्राइम लाइफलाई जरिवाना गरिएको बीमा समितिले जनाएको छ । 

समितिबाट प्राइम लाइफ इन्स्योरेन्सको स्थलगत निरीक्षण हुँदा सो कम्पनीले सुशासन सम्बन्धी निर्देशिका, २०७५ को दफा १२ उल्लङ्घन गरी तलब भत्ता निर्धारण नै नगरी कर्मचारीका नाममा ठूलो रकम खर्च गरेको, बीमितको हित विपरित नक्कली बीमालेख जारी हुन गएको र वैदेशिक रोजगार म्यादी जीवन बीमा सम्बन्धी निर्देशन, २०७३ बमोजिम सुरक्षित, मर्यादित र व्यवस्थितरूपले वैदेशिक रोजगार बीमा नगरेको देखिएको थियो । बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम प्राइम लाइफलाई जरिवाना गर्ने निर्णय गरिएको हो।
 

कोरोना बीमा भुक्तानीमा आनाकानी, अध्ययन गर्न अर्थमन्त्रीको निर्देशन

इकागज | असोज १३, २०७८

काठमाडौँ - अर्थमन्त्री जनार्दन शर्माले कोभिड-१९ बीमादाबी भुक्तानी सम्बन्धमा अध्ययन गरी प्रक्रिया अघि बढाउन ब...

जीवन बीमा कम्पनीले भदौमा मात्रै संकलन गरे साँढे ११ अर्ब, सबैभन्दा धेरै संकलन नेपाल लाईफले गर्‍यो

इकागज | असोज ११, २०७८

 काठमाडौँ -  जीवन बीमा कम्पनीले मात्रै भदौं महिनामा ११ अर्ब ५४ करोड रुपैंया बराबरको &...