कोरोना बीमाको दाबी भुक्तानी छिट्टै हुने

इकागज | चैत ३०, २०७८

काठमाडौं - बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले कोरोना बीमाको दाबी भुक्तानी सम्बन्धी समस्या छिट्टै  समाधान हुने बताएका छन्।

ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा मङ्गलबार आयोजित नववर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष सिलवालले अर्थमन्त्रीले कोरोना बीमाको समस्या समाधान गर्न प्रतिवद्ध रहेको बताए ।

अर्थमन्त्रीले कोरोना बीमाको समस्या समाधान गर्न प्रतिवद्ध रहेकाले एकमुष्ठ रुपमा नै समस्या समाधान हुनेमा आफू विश्वस्त रहेको सिलवालले बताए ।

उनले कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा अर्थमन्त्री र अर्थ मन्त्रालयका सचिव लगायत पदाधिकारीहरूसँग निरन्तर छलफल गरेको बताउँदै बीमा समितिबाट विकल्प सहितको प्रस्ताव पठाइएको समेत उल्लेख गरे ।

चालू आर्थिक वर्षमा बीमा दाबी फर्छैट उल्लेखनीय रुपले बढेको र बीमा दाबी भुक्तानीका सम्बन्धमा बीमा समितिमा परेका उजुरीहरूमाथि छानविन गरी शीघ्र किनारा लगाउने काम भइरहेको बताए ।

चालू आर्थिक वर्षको पहिलो आठ महिनामा नै बीमाको दायरा विस्तार सरकारले चालू आर्थिक वर्षका लागि लिएको ३३.३३ प्रतिशतको लक्ष्यभन्दा पनि बढेर ३५ प्रतिशत नाघेको जानकारी दिए ।

गत आर्थिक वर्षको फागुन मसान्तसम्म २६.३० प्रतिशत रहेको बीमाको पहुँच चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा बढेर ३५.४४ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको छ । यो संख्या अझै बढ्दै जाने उनको भनाइ छ ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा समितिले समग्र बीमा क्षेत्रमा सुशासन कायम गर्नका लागि जोड दिँदै आएको बताए ।
 

बीमा समितिले बढायो कम्पनीहरुको चुक्ता पुँजीः जीवनले ५ अर्ब र निर्जीवन साढे २ अर्ब रुपैयाँ

इकागज | चैत १०, २०७८

काठमाडौं – बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बृद्धि गरेको छ । समितिको संचालक समितिक...

नेपाल लाइफ इन्स्योरेन्सका सञ्चालक अग्रवालद्वारा राजीनामा

इकागज | चैत ८, २०७८

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक कमलेश कुमार अग्रवालले आफ्नो पदबाट राजीनामा दिएका छन्...

बीमा सर्भेयर र अभिकर्ताको लाइसेन्स नवीकरण डिजिटल माध्यमबाट, यसरी गर्नुहाेस् नवीकरण

इकागज | चैत ८, २०७८

काठमाडौं – बीमा समितिले बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्र डिजिटल माध्यमबाट नवीकरण गर्न शु...