माउन्ट एभरेष्ट पावरले आइपीओ निष्कासन गर्ने

इकागज | माघ ८, २०८०

काठमाडौँ- माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशत हुन आउने २५,८०,००० कित्ता साधारण शेयरहरू आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरूमा निष्कासन गर्न लागेको हो ।

कम्पनीले आइपीओ निष्कासन गर्नका लागि बिक्री प्रबन्धक पनि नियुक्त गरेको छ । कम्पनीले आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

यस सम्बन्धी सम्झौतामा माउन्ट एभरेष्ट पावर डेभलपमेन्टका तर्फबाट अध्यक्ष अर्जुनप्रसाद पौडेल र एनआइएमबि एस क्यापिटलका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कम्पनीको साधारण शेयरहरू सार्वजनिक निष्कासन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरूमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको सेवा एनआइएमबि एस क्यापिटलले प्रदान गरिनेछ ।

सेयर बजारमा गिरावट

इकागज | माघ ८, २०८०

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१ दशमलव ४९ अंकको गिरावट देखिएको छ । आज नेप्से परिस...

सेयर बजार घट्यो

इकागज | पुस २६, २०८०

काठमाडौं - सेयर बजार सामान्य अंकले घटेको  छ । बिहीबार ०.६२ अंकले घटेको सेयर बजार २०८८.९९ विन्द...

सेयर बजार बढ्यो

इकागज | पुस २४, २०८०

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २० दशमलव ६२ अंकले वृद्धि भएको छ । आज नेप्से परिसूचक एक...