सेयर बजार ९.५४ ले घट्यो

इकागज | जेठ २, २०८१

काठमाडौँ - सेयर बजार ओरालो लागेको छ । साताको चौथो दिन सेयर बजार ९.५४ ले घटेर २०१७.९७मा रोकिएको छ । ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँ १७ पैसाको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी उपकार लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर १० प्रतिशतले बढेको छ । मन्डु हाइड्रोपावरको सेयर ६.०३, बुद्धभुमि नेपाल हाइड्रोपावरको सेयर ५.६९ र सुपर माइ हाइड्रोपावरको सेयर ४.४० प्रतिशतले बढेको छ ।

यस्तै आज सबैभन्दा बढी सेयर घट्नेमा गुराँस लघुवित्त वित्तीय संस्था रहेको छ । गुराँसको सेयर १० प्रतिशतले घटेको छ । यस्तै ओरियन्टल हाउस लिमिटेडको सेयर ५.५८, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर ४.०३, सानीमा मिडल तमोर हाइड्रोपावरको लिमिटेडको सेयर ३.९१ र गरिमा डिभेन्चर २०८५ को सेयर ३.८५ प्रतिशतले घटेको छ । 

सेयर बजार बढ्यो

इकागज | बैशाख २७, २०८१

काठमाडौं - साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारको परिसूचक नेप्से अन्तिम एक मिनेटमा बढेको छ ...

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति नहुँदा चार महिनादेखि भएन आइपिओ निष्कासन

इकागज | बैशाख १३, २०८१

काठमाडौँ - नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद खाली हुँदा कुनै पनि कम्पनीको आइपिओ खुल्न सकेको छैन । ...