महानगरको सार्वजनिक सुनुवाइमा स्थानीयको माग : ढल निकास र पार्किङ व्यवस्थापन

इकागज | जेठ ५, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको वडा नं. १ का स्थानीयवासीले ढल निकास र व्यापारीले पार्किङ व्यवस्थापनलाई प्राथमिकतामा राखेर योजना माग गरेका छन् ।

वडाले आयोजना गरेको चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ र आर्थिक वर्ष २०८१/८२ को योजना माग कार्यक्रममा स्थानीयहरूले सामुदायिक विद्यालय जोडेर सुविधा बढाउन, साहित्यकार, संगीतकार र कलाकारहरूको क्रियाकलाप हुने ठाउँ बनाउन, विज्ञ समूह बनाएर आवश्यकता पहिचान गरेर योजना सिफारिस संयन्त्र बनाउन माग गरेका छन् ।

पढ्ने संस्कृति बढाउन पुस्तकसहितको पुस्तकालयलाई निरन्तरता दिन, ठूलो ध्वनी उत्पन्न हुने व्यावसायिक क्रियाकलापबाट बस्ती जोगाउने क्रियाकलापको माग गरेका छन् । 

'पिचमाथि पिच भएपछि पुराना घरहरू सडक सतहभन्दा तल भए । बर्खाको पानीले घर डुबान हुने भयो । यसकारण सडकमा पिचको सतह घटाउनु पर्‍यो । ढलको आकार बढाउनु पर्‍यो । नन्दी केशर बगैँचा र नारायण चौर फरक हो । यी चौरहरूलाई नामअनुसारको स्वरुप र प्रयोगमा ल्याउनु पर्‍यो । स्थानीयले आफ्ना विकास माग सहित वडा नं. १ ले बनाउन लागेको सम्पदा मार्ग कस्तो हो, योजनाको विवरण माग गरेका थिए । यसमा सवारी साधन प्रवेश हुन्छ कि हुँदैन, व्यावसायिक क्रियाकलाप कसरी व्यवस्थापन हुन्छन् ? स्थानीयवासीका सवारी साधन कसरी व्यवस्थापन हुन्छन् ?' उनीहरूको प्रश्न थियो । 

मूर्त अमूर्त सम्पदा संरक्षण, सम्वर्द्धन, अभिलेखीकरण र प्रवर्द्धनमा वडाले काम गर्नु पर्ने स्थानीयको माग थियो । 

यस्तै व्यवसायीहरूले पार्किङ व्यवस्थापनको अपेक्षा गरेका थिए । 'हामीले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेका होइनौँ । हाम्रो भनाइ यति मात्र हो कि, वैकल्पिक स्थानका विषयमा जानकारी हुनुपर्यो,' उनीहरूले भने ।

व्यापारीहरूले समस्या समाधानका लागि नारायण हिटी संग्रहालयको क्षेत्र, वाणिज्य बैंक अगाडिको ठाउँमा पार्किङ गर्ने व्यवस्था मिलाउन सकियो भने दरबारमार्गको समस्या समाधान हुने विकल्प दिए । 

दरबार मार्गको हरियालीका विषयमा कुरा गर्दै उनीहरूले, ठूला रुख भएका ठाउँमा साना विरुवा रोपिएको बताउँदै ठूला रुख र साना विरुवा कसरी व्यवस्थापन हुन्छन् । यसको योजना बनाउनुपर्छ । 

उनीहरूले बहाल कर नतिरी केन्द्रीय सरकारले व्यवसायीलाई भन्सार छुट नदिएको गुनासो गर्दै भने, ‘जहाँ भए पनि हामीले कर तिर्ने नै हो, तिर्छौँ । यसमा आफूलाई कर नतिरेको भनेर कुनै पनि तहका सरकारले अप्ठ्यारो बनाइदिनु भएन ।’

यसरी धारणा राख्नेमा दरबारमार्ग विकास बोर्डका पदाधिकारीसहित थिए । सबैको कुरा सुनिसकेपछि वडाध्यक्ष भरतलाल श्रेष्ठले भने, ‘कानुन, नीति, योजना र बजेटको सीमाभित्र गर्न सकिने नागरिकको अपेक्षा पूरा गराउने बताए ।’

सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी र जनसहभागितामूलक बनाएर यसबाट प्राप्त भएको लाभ सर्वसाधारणलाई उपलब्ध गराउने असल शासनका सूचकका आधारमा महानगरपालिकाले काम गरिरहेको छ । कार्यक्रममा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले भने, ‘स्वच्छ, वस्तुनिष्ठ र पारदर्शी प्रशासन सञ्चालन भएको छ । कुनै गुनासो भए फोनबाट टिपाउने व्यवस्था समेत मिलाइएको छ ।’

कार्यक्रममा राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेले, सानो भइकन पनि वडाबाट राजस्वमा ठूलो योगदान रहेको उल्लेख गरे । कार्यक्रममा महानगरीय प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले महानगरपालिकाको सहयोगमा नेपाल प्रहरीले सहरका ठाउँ ठाउँमा सिसिटिभीसहित शान्ति सुरक्षाका लागि प्रविधि जडान गरिरहेको बताए । यसबाट अपराध अनुसन्धान र नियन्त्रणमा सघाउ पुगेको उनको भनाइ थियो । 

वडा सचिव सर्वज्ञराज पौडेलका अनुसार वडा नं. १ क्षेत्रमा विकास निर्माण गर्न भन्दा विकास व्यवस्थापन गर्नमा ध्यान दिनु पर्नेछ । ‘वडाको प्रशासनिक भवन बनाउने कार्यलाई हामीले जोड दिएका छौँ । सबैको प्रयत्नबाट यो काम सम्भव हुने हाम्रो अपेक्षा छ,’ उनले भने ।

सार्वजनिक स्थलमा सेवा प्रदायक र सेवाग्राही भेला हुने, नागरिकले सोधेका प्रश्नको सेवा प्रदायकले उत्तर दिने तथा माग गरेका कुरालाई टिपोट गरेर सम्बोधन गर्ने सार्वजनिक सुनुवाइको उद्देश्य हो । आर्थिक वर्ष २०८१/८२ का लागि योजना छनोट गर्ने समय पनि एकैपटक परेकोले सुनुवाइ कार्यक्रमबाट योजना छनोट पनि गरिएको वडा सचिव पौडेलको भनाइ छ ।  

बागमती : १० महिनामा ट्राफिक कारबाहीबाट १४ करोड ३३ लाख राजस्व संकलन, २६१ जनाको मृत्यु

इकागज | जेठ ४, २०८१

बागमती- सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु...

परम्परागत संस्कृति चलाउने परम्परागत १३३ वटा खलः पुचलाई आर्थिक अनुदान

इकागज | जेठ २, २०८१

काठमाडौं - परम्परागत सांस्कृतिक क्रियाकलाप सञ्चालन गरेर महानगरपालिकाभित्रका अमूर्त सम्पदा संरक्षणमा ...

फ्रान्स उडे मेयर बालेन

इकागज | जेठ १, २०८१

काठमाडौँ- कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (...

सडक डिभिजनले ठेक्काबिनै कोटेश्वरमा रेलिङ हाल्दै, व्यक्तिलाई कामको जिम्मा (भिडियोसहित)

शुरज थपलिया | बैशाख ३१, २०८१

काठमाडौँ - निर्माण सामग्री सडकमा जथाभावी राख्दा कोटेश्वर-कलंकी सडक खण्डमा सवारी दुर्घटना बढेको छ ।...