रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

इकागज | बैशाख २८, २०८१

मन्थली (रामेछाप)- एक महिनामा जिल्लाका आठ वटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ गाउँपालिकामा भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

उक्त कार्यालयका वन अधिकृत ओमसागर भण्डारीका अनुसार अहिलेसम्म भएका आगलागीबाट एक सय ५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ । धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु पनि प्रभावित भएका छन् । यो वर्ष डढेलोमा परी जिल्लाका दुईजनाले ज्यान गुमाइसकेका छन् ।

यसैबीच, स्थानीय प्रशासनले वनमा आगो नलागाउन तथा त्यसबाट हुने क्षतिबारे सर्वसाधारणलाई अवगत गराएको छ । वनमा आयो लगाएमा फौजदारी अभियोगअन्तर्गत कारबाही हुने भएकाले वन र वन्यजन्तु संरक्षणतर्फ सचेत हुन आग्रह गरिएको छ । रासस

चिरिबाबूले उद्घाटन गरे स्मार्ट शौचालय, स्‍नान कक्षको पनि व्यवस्था

इकागज | बैशाख २७, २०८१

ललितपुर -  ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अत्याधुनिक सार्वजनिक शौचालयको उद्घाटन ग...

ललितपुर महानगरकी प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले सम्हालिन् जिम्मेवारी

इकागज | बैशाख २६, २०८१

ललितपुर- ललितपुर महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रेखादास श्रेष्ठले सम्हालेकी छिन् । ...

विपद् व्यवस्थापनको असल अभ्यासको अवलोकनका लागि सुदूरपश्चिमका तीन पालिका ललितपुर महानगरमा

इकागज | बैशाख २४, २०८१

ललितपुर- ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन र प्रतिकार्य अभ्यासमा संघीय सरकारले प...