होली खेल्ने क्रममा ललितपुरमा ग्याङ फाइट, दुई जनाको मृत्यु

इकागज | चैत १२, २०८०

काठमाडौँ- ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति करिब ११ बजे ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा दुई पक्षबीच झडप भएर छुरा प्रहार हुँदा दुई जनाको ज्यान गएको हो ।

पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई ढोलाहिटी बस्ने ३० वर्षीय पुजन राईमाथि छुरा प्रहार हुँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए । 

पुजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ ।

सुवेदीका अनुसार उनीहरूबीच के विषयमा झडप भएको भन्ने खुलेको छैन । प्रहरीले गएराति नै १८ जनालाई नियन्त्रणमा लिएको छ ।

महानगरको सार्वजनिक शौचालय छैन प्रयोग, स्मार्ट शौचालय बनाउने डिजाइन कुर्दै

अतिन आचार्य | चैत ९, २०८०

काठमाडौँ- गत असारमा काठमाडौँ महानगरपालिकाले शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३...

काठमाडौँ महानगरले भन्यो : होली पर्व अनुशासित एवं व्यवस्थित ढङ्गले मनाऔँ

इकागज | चैत ६, २०८०

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले फागु पूर्णिमा (होली) पर्व मर्यादित, अनुशासित एवं व्यवस्...

स्थानीयको तीव्र दबाबपछि कालोपत्रका लागि तयारी हुँदै पुरानो बानेश्वर सडक [भिडियो/तस्बिरसहित]

शुरज थपलिया | चैत ६, २०८०

काठमाडौँ- पुरानो बानेश्वर चोकदेखि फ्रन्टलाइन हस्पिटलसम्मको सडक खण्डमा कालोपत्रका लागि काम सुरु...

सिन्धु उद्योग वाणिज्य संघमा तिमल्सिना, बस्नेत र खत्री भिड्‌दै

निरोज चौलागाईं | चैत ६, २०८०

सिन्धुपाल्चोक- आगामी चैत १० गते हुने व्यवसायीहरूको छाता संगठन सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको ११औँ अध...

भ्रमण, गोष्ठी र कार्यशाला घटाउन महानगर प्रमुख शाहद्वारा कर्मचारीलाई निर्देशन

इकागज | चैत ४, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले विभागीय प्रमुखहरूलाई विश्वास कायम राखेर उच्च म...

काठमाडौँ महानगरले ढल निकासको नाममा सडक अलपत्र छाडेको भन्दै स्थानीयद्वारा पुरानो बानेश्वर सडक अवरुद्ध

शुरज थपलिया | चैत ४, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले ढल निकासको नाममा निर्माणाधीन सडक अलपत्र छाडेको भन्दै स्था...