व्यक्ति केन्द्रित समिति गठन हुँदैन : एमाले उपाध्यक्ष पोखरेल

इकागज | जेठ ५, २०८१

मोरङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले सहकारी छानबिनसम्बन्धी व्यक्ति केन्द्रित संसदीय समिति गठन हुन नसक्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने,  “समस्यालाई केन्द्र्रित गरेर समिति गठन गर्नुपर्छ, व्यक्ति केन्द्रित होइन ।”  गृहमन्त्रीको नामै तोकेर समिति गठन गर्नुपर्ने प्रतिपक्षीको माग उचित नभएको उनले प्रस्ट पारे ।

उनले वर्तमान नयाँ सत्ताको राजनीतिक समीकरणले मुलुकको सङ्घीयतालाई बलियो बनाउने बताए । विगतको गठबन्धन नीतिहीन, अस्वाभाविक रहेकाले तोड्नुपर्छ भनेर एमालेले नयाँ गठबन्धन बनाएको र यसले जनताका समस्या सम्बोधन गर्ने धारणा राखे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व दिन गठबन्धन सकारात्मक रुपमा अगाडि बढिरहेको जानकारी दिए । उनले एमाले मिसन २०८४ को लक्ष्य लिई अगाडि बढिरहेको विचार व्यक्त बताए ।

सञ्चारकर्मीको प्रश्नमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधनीय  विषय भएकाले समय आएपछि सम्पूर्ण राजनीतिक दलहरुसँग छलफल गरी साझा सहमतिका आधारमा संशोधन गर्न सकिने जवाफ दिए । उनले सरकारले तोकिएको समयमा आगामी आर्थिक वर्षको बजेट ल्याउने बताए ।

कोशीको मन्त्रिपरिषद विस्तार, ५ मन्त्री र दुई राज्यमन्त्री थपिए

इकागज | जेठ ४, २०८१

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद्को विस्तार गरेका छन् । मुख्यमन्त्री कार्क...

संविधान र प्रचलित कानुनअनुसार नयाँ सरकार गठन भएको हो : मुख्यमन्त्री कार्की

इकागज | बैशाख ३१, २०८१

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान र प्रचलित कानुनअनुसार नयाँ सरकार गठन भ...

विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री कार्कीले भने- एक साताभित्र मन्त्रिपरिषदलाई पूर्णता दिन्छु

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक साताभित्र प्रदेश मन्त्रिपरिषदलाई पूर्णता द...

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा ...