रोग र उपचार

जुम्लामा जथाभावी औषधि पसल, मनपरी बेचबिखन

इकागज | साउन १५, २०८०

जुम्ला - सदरमुकाम खलङ्गा बजारमा जथाभावी औषधि पसल सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे नेतृत्वको टोलीले सदरमुकामका आठ मेडिकलमा छापा हानेको बताए । 

उक्त मेडिकलमा मनपरी औषधि बेचेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर बसेको, औषधि र क्लिनिकको अनुमति नलिइ सञ्चालनमा भेटिएको प्रजिअ घिमिरेले जानकारी दिए । डाक्टरको सिफारिसविनै जथाभावी औषधि वितरण गर्दा बिरामीको ज्यानै जानसक्ने जोखिम हुने भएकाले कानुनी प्रक्रिया पूरा गरी मेडिकल सञ्चालन गर्न निर्देशन दिइएको छ । 

यहाँका कर्णाली मेडिकल हल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिसरभित्र रहेको शिव मेडिकल हल, रावत मेडिकल हल, ओम मनिष पोलिक्लिनिक तथा रेफरल सेन्टर, चन्दननाथ औषधि पसल, बुढ्थापा स्वास्थ्य क्लिनिक, लक्ष्मी क्लिनिक र रामारोशन दाँत उपचार केन्द्रमा जिल्लास्तरीय सरोकारवालाको टोलीले अनुगमन गरेको प्रजिअ घिमिरेले बताए । 

दर्ता र अनुमति नलिएरै सञ्चालन गरिएका औषधि पसलले भारतीय औषधिसमेत बिक्री गर्ने गरेको जनगुनासो आएपछि पहिलो पटक सदरमुकामका मेडिकलमा अनुगमन गरिएको छ । स्थानीय तहमा सञ्चालन भएका सबै मेडिकलमा समेत अनुगमन गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 
 
नागरिक समाजका अध्यक्ष राजबहादुर महतले औषधि पसलको नियमित अनुगमन गर्न आवश्यक रहेको जानकारी दिए । सरकारी स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीले समेत अवैध औषधि पसल खोलेका छन् ।
 
औषधि पसलले गर्भपतन सेवादेखि खोप सेवासमेत अनुमतिविनै चलाउँदा व्यक्तिको ज्यानै जाने जोखिमसमेत हुने भएकाले प्रशासनले विशेष प्रथामिकतामा राखेर काम गर्नुपर्ने नागरिक समाजका अध्यक्ष महतको भनाइ छ । सदरमुकाममा झन्डै ३२ मेडिकल सञ्चालनमा छन् । सोमध्ये १५ मेडिकल अनुमति नलिइ सञ्चालनमा आएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।  रासस

'भिभिआईपी र भिआईपीको उपचारका लागि वीर अस्पतालमा सम्पूर्ण पूर्वाधार तयार'

इकागज | साउन १३, २०८०

काठमाडौँ - स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले भिभिआईपी र भीआईपीको उपचारका लागि वीर अस्पतालमा सम्प...

विभागले भन्यो - औषधिको गुणस्तर परीक्षण गरेर मात्र बिक्री गर्नु

इकागज | असार १४, २०८०

काठमाडौँ - औषधि व्यवस्था विभागले औषधि पसललाई औषधिको गुणस्तरमा शंका लागेमा परीक्षण गरेर मात्र बिक्री वित...

प्रादेशिक अस्पताल सिरहाको लापरबाही, परिवार नियोजन गर्दा आन्द्रा नै काटियो

इकागज | असार ७, २०८०

सिरहा - प्रादेशिक अस्पताल सिरहाको उपचारमा लापरबाही भएका घटना सार्वजनिक भएका छन् । परिवार नियोजन गर्ने ...