रोग र उपचार

आँखा देख्ने भएपछि छमछमी नाचे रेञ्जेन

इकागज | मंसिर २०, २०७९

मेलम्ची - पाँच पोखरी थाङ्पालधाप गाउँपालिका(६ का ६८ वर्षे रेञ्जेन लामा सोमबार निकै खुसी थिए । तीन वर्षअघि गुमेको आँखाको ज्योति फर्कँदाको खुसी उनको मुहारमा स्पष्ट देखिन्थ्यो । उपचारपछि आँखा देख्न सक्ने भएका उनी खुसीले निकै बेरसम्म नाचे । 

तिलगङ्गा सामुदायिक आँखा केन्द्रले सोमबार मेलम्चीमा सञ्चालन गरेको निःशुल्क मोतिविन्दु शिविरमा आएका उनी आर्थिक अवस्था कमजोर हुँदा तीन वर्षदेखि उपचार गर्न पाएका थिएनन् ।  

लामा जस्तै आँखाको ज्योति फिर्ता पाएर खुसी हुनेको सङ्ख्या धेरै थियो । मेलम्ची नगरपालिका(१२ का बाबुराम भुजेलको आँखाको ज्योति पनि शिविरमा उपचार गराएपछि फर्किएको छ । शिविरमा आउँदा अरुको साहरामा आएका उनी घर भने ठमठम हिँड्दै फर्के । 

शिविरमा आएकी ७२ वर्षीय लीलामाया थापाले लामो समयदेखि आँखाले हेर्न पाएकोमा खुसी व्यक्त गरिन् । उनीसँगै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका ६५ वर्षीय निरमाई तामाङले पनि उपचार पाएकोमा शिविर आयोजना गर्नेलाई धन्यवाद दिइन् । 

मेलम्ची नगरपालिकाका साथै हेलम्बु, पाँचपोखरी थाङ्पाल, र इन्द्रावती गाउँपालिकामा मङ्सिर नौ देखि १५ सम्म मोतिविन्दु छनोट शिविर सञ्चालन भएको थियो । शिविरमा आयोजकले एक सय जना बिरामीको खाजा, खाना र बस्ने व्यवस्थासहित उपचार गराएको थियो । रासस

वीर अस्पतालमा छानबिन समिति गठन, बिरामीको निःशुल्क उपचारबारे प्रतिवेदनले निर्णय गर्ने

इकागज | कात्तिक ३, २०७९

काठमाडौँ- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले छानबिन समिति गठन गरेको छ । मिर्गौला प्र...

डा. केसीको आमाशयमा रक्तश्राव, जबर्जस्ती काठमाडौं लैजाने तयारी

इकागज | असोज ४, २०७९

धनगढी - धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै ग...

'डा. केसीलाई बहुविशेषज्ञ अस्पतालमा लैजाऊ, स्वास्थ्य समस्या जटिल देखियो'

इकागज | असोज ३, २०७९

काठमाडौं - सेती प्रादेशिक अस्पताल धनगढीले एक सातादेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थामा ज...