रोग र उपचार

खेलकुदमन्त्री लिम्बूलाई डेंगु सङ्क्रमण

इकागज | भदौ ९, २०८०

काठमाडौं - युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु सङ्क्रमण पुष्टि भएको छ। डेंगु सङ्‍क्रमण भएसँगै उनलाई शनिबार वीर अस्पताल भर्ना गरिएको छ।

मन्त्री लिम्बूलाई १०२  ज्वरो आउनुका साथै टाउको दुख्ने, जीउ दुख्ने, वाक वाक लाग्ने जस्ता लक्षण देखिएकोले वीर अस्पतालको नयाँ भवनमा एक महिना अघि सुरु गरिएको भिआइपी कक्षमा उपचार गराई रहेका  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्रा. डा. भुपेन्द्रकुमार बस्नेतले बताए।

डा. लिम्बू केही दिन अघि मोरङमा डेंगु प्रभावित क्षेत्रमा पुगेर फर्किए लगतै स्वास्थ्य समस्या आएकोले वीर अस्पताल आई भर्ना भएका हुन्। उनको उपचार डा ध्रुव गैरेको टिमले गरिरहेको छ।

आँखा रातो हुने 'भाइरल कन्जक्टिभाइटिस ' यसबाट सुरक्षित रहन के गर्नुपर्छ ?

इकागज | साउन २३, २०८०

काठमाडौँ- केही दिनयता काठमाडौँ उपत्यका लगायत विभिन्न स्थानका मानिसमा आँखा पाक्ने समस्या देखिन थालेको छ...

स्वास्थ्य मन्त्रीले गरे काठमाडौँका विभिन्न अस्पतालको अनुगमन

इकागज | साउन १८, २०८०

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न अस्पतलमा अनुगमन गरेको छ ।...