प्रदेश / स्थानीय सरकार

कोशीकी सांसद निर्मला लिम्बूले गरिन् अशोक राईको पक्षमा सनाखत

इकागज | जेठ १, २०८१
विराटनगर - कोशी प्रदेशसभाकी सांसद निर्मला लिम्बूले अशोक राईको पक्षमा सनाखत गरेकी छन् । लिम्बूले प्रदेश निर्वाचन कार्यालय पुगेर नयाँ दल जसपाको पक्षमा सनाखत गरेकी हुन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गर्न निर्वाचन आयोगले २१ दिनको समय दिएको छ । निर्मला जसपा नेपालबाट समानुपातिक सांसद हुन् । योसँगै जसपा नेपाल कोशी प्रदेशमा निल भएको छ ।  
सुदूरपश्चिम

सुदूरपश्चिम सरकारद्वारा १० महिनामा ३४ प्रतिशत बजेट खर्च

इकागज | जेठ १, २०८१

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ ...

कोशी

झापामा सम्बन्धविच्छेद गर्ने बढे, १० महिनामा ९५४ मुद्दा दर्ता

इकागज | जेठ १, २०८१

भद्रपुर (झापा)- गत वर्षको तुलनामा झापामा सम्बन्धविच्छेदका मुद्दामा वृद्धि भएको पाइएको छ । झापा जिल्ला अदा...