प्रदेश / स्थानीय सरकार

मुग्लिन-पोखरा सडक : पूर्वी खण्डमा एक सय ५५ दिन म्याद थप

इकागज | जेठ ४, २०८१
तनहुँ- निर्माणाधीन मुग्लिन-पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डको म्याद एक सय ५५ दिन थप भएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको निर्माण म्याद गत वैशाख २ गते सकिएको थियो । पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार उक्त खण्डमा एक सय ५५ दिन म्याद थप भएको छ । विविध कारणले समयभित्रै काम सम्पन्न हुन नसकेपछि म्याद थपको निर्णय गर्नुपरेको उनले बताए । अब थपिएको म्यादभित्र उक्त खण्डको काम सम्पन्न हुनेमा उनले विश्वा...