शिक्षा

काठमाडौँ महानगरले भन्यो : सामुदायिक विद्यालयले आफ्ना शिक्षकलाई विद्यालय समयभित्र अन्य कार्यहरूमा नपठाउनू

इकागज | बैशाख १३, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयले आफ्ना शिक्षकहरूलाई विद्यालय समयभित्र अन्यत्र कार्यहरूमा नपठाउन निर्देशन दिएको छ । 

बुधबार एक सूचना जारी गर्दै महानगरले काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूले आफ्ना विद्यालयमा कार्यरत शिक्षकलाई विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र एस.ई.ई को उत्तरपुस्तिका परीक्षण गर्ने कार्यलगायत अन्य कार्यहरूमा शिक्षकहरूलाई नपठाउन आग्रह गरेको हो । यस्तै शिक्षकहरूले समेत यसै सूचनालाई आधार मानी विद्यालय समयभित्र विद्यालयको नियमित पठनपाठनमा प्रभावित हुने गरी अन्यत्र कार्यमा संलग्न नहुन पनि महानगरले सूचनामा उल्लेख गरेको छ । 

महानगरकी निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलका अनुसार निर्देशनको अवज्ञा गरेको पाइएमा प्रचलित ऐन, कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत सूचित गरिएको छ ।

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

इकागज | बैशाख १३, २०८१

सोल - सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्...

नाम परिवर्तनका लागि काठमाडाैँ महानगरका दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा

इकागज | बैशाख १३, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न सूचना जार...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

इकागज | बैशाख १३, २०८१

तनहुँ- व्यास नगरपालिकाको कार्यालयले राज्यबाट तलबभत्ता खाने सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिले आफ्ना ...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

इकागज | बैशाख १३, २०८१

तनहुँ - व्यास नगरपालिकाको कार्यालयले राज्यबाट तलबभत्ता खाने सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिले आफ्ना...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध

इकागज | बैशाख १३, २०८१

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता भएका शिक्षकहरूलाई कारबाही गर्न सहजताका ला...

अमेरिकाले प्रतिबन्ध लगाएपनि चीनले प्राप्त गर्‍यो एनभिडियाको चिप्स

इकागज | बैशाख ११, २०८१

काठमाडौँ- अमेरिकाले बिक्रीमा प्रतिबन्ध लगाएको एनभिडियाको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप्स चीनले भने ...