शिक्षा

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ

इकागज | बैशाख २७, २०८१

काठमाडौँ -  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगर कपन बस्ने ३८ वर्षीय माधव त्रिपाठी, दक्षिणकाली नगरपालिका–८ बस्ने १९ वर्षीय सविन पौडेल, कागेश्वर महनरा बस्ने २० वर्षीय सितेशकुमार यादव र काठमाडौँ थली बस्ने २३ वर्षीय रोशन रानाभाट रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । 

उनले भने, “हिजो बुधबार बिहान ८ बजेदेखि १० बजेसम्मको चलेको कक्षा १२ को कम्प्युटर साइन्सको परीक्षा अगाडि नै  प्रश्नपत्र सार्वजनिक गरी काठमाडौँ महानगरपालिका–६ स्थित वेलकम पार्टी प्यालेसको हलमा राष्ट्रिय परीक्षा बोर्डबाट जारी भएको मुल उत्तरपुस्तिकामा उत्तर हल गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।”

पक्राउ परेका विरुद्ध शिक्षा ऐन २०२८ बमोजिम जिल्ला प्रहरी परिसरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता नवराज अधिकारीले बताए । 

राजनीतिक दवावका कारण विद्यालयहरू मर्ज गर्न कठिन : मन्त्री श्रेष्ठ

इकागज | बैशाख २७, २०८१

काठमाडौँ - शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षक र विद्यार्थी अनुपात मिलाउने काम सुरु भइ...

राइटपाथको आयोजनामा बैशाख २९ गतेदेखि जेठ ८ गतेसम्म 'ग्राण्ड एजुकेशन कन्क्लेभ' हुने

इकागज | बैशाख २७, २०८१

काठमाडौँ- राजधानिस्थित पुतलीसडकमा अवस्थित ख्यातिप्राप्त शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले &n...

गम्भीर र घातक रोगका बिरामीबाहेक सबै शिक्षकको काज फिर्ता गरिने

इकागज | बैशाख २६, २०८१

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्य...

अमेरिकी कम्पनीले चिनियाँ कम्पनी हुवावेलाई 'चिप्स' बिक्री गर्न नपाउने

इकागज | बैशाख २६, २०८१

काठमाडौँ- अमेरिकी सरकारले अमेरिकी 'चिप्स' निर्माता कम्पनीहरुलाई चिनियाँ टेक्नोलोजी कम्पनी हुवा...

टिकटकद्वारा एपलाई प्रतिबन्ध लगाउन सक्ने अमेरिकी कानुनमाथि रोक लगाउन मुद्दा दायर

इकागज | बैशाख २६, २०८१

काठमाडौँ- टिकटकले आफ्नो चिनियाँ मूल कम्पनीले बिक्री नगरेसम्म भिडियो एपलाई प्रतिबन्ध लगाउने अमेरिकी कानू...

तोकिएको समयमा परीक्षा सञ्‍चालन र नतिजा सार्वजनिक गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

इकागज | बैशाख २५, २०८१

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले वार्षिक कार्यतालिका निर्धारण गरेर सोहीअनु...

शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने

इकागज | बैशाख २५, २०८१

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षको बाँकी कार्यक्रम सञ्चालन गर्दा विद्य...