कूटनीति

उपप्रधानमन्त्री श्रेष्ठ बेइजिङमा

इकागज | चैत १२, २०८०

चीन - जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीनको राजधानी बेइजिङ आइपुगेका छन् ।

बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारीलगायतले स्वागत गरे । 

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ उहाँका चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा आएका हुन् । चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरुमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ । 

 उपप्रधानमन्त्री श्रेष्ठले आजै चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सिपिपिसिसी)का केन्द्रीय अध्यक्ष वाङ हुनिनसँग भेटवार्ता गर्नेछन् । त्यस्तै उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ । 
रासस

परराष्ट्रमन्त्री श्रेष्ठ नाै दिनको भ्रमणका लागि आज चीनतर्फ जादैँ

इकागज | चैत ११, २०८०

काठमाडौँ - उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज चीन भ्रमणमा जाँदैछन् । चैत्र १९ गतेसम्म ...

अर्थमन्त्रीले लगानी सम्मेलनमा भाग लिन विश्व बैंकका उपाध्यक्षलाई पठाए निमन्त्रणा

इकागज | चैत १०, २०८०

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको ...

नेपालको लगानी सम्मेलनप्रति स्विट्जरल्यान्डको निजी क्षेत्र आकर्षित

इकागज | चैत १, २०८०

काठमाडौँ- आगामी वैशाखमा हुने लगानी सम्मेलनमा स्विट्जरल्यान्डबाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउ...

सीमा क्षेत्रमा सुरक्षा र निर्वाचनका विषयमा नेपाल र भारतका उच्च अधिकारीबीच भेटवार्ता

इकागज | फागुन ३०, २०८०

 वीरगञ्ज - एसएसबीका आइजी श्री पंकज दराड (आईपीएस)ले भारत र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध, सीम...