कूटनीति

नेपालको विकासमा रुसको ठूलो सहयोग छ : उपप्रधानमन्त्री श्रेष्ठ

इकागज | जेठ ४, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रुसको ठूलो सहयोग रहेको बताएका छन् ।

पूर्वसाेभियत सङ्घ र स्वतन्त्र राज्यहरूको राष्ट्र मण्डलमा अध्ययन गरेका नेपालीको अल्मुनाई एसोसिएसन मित्रकुञ्जको ५७औँ वार्षिकोत्सव तथा एसियाली राष्ट्रहरूको छैटौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालको आर्थिक विकासमा रुसको सधैं साथ र सहयोग रहँदै आएको बताएका हुन् ।

'नेपालको आर्थिक विकास, शिक्षा, विज्ञान, प्रविधि र पूर्वाधारका क्षेत्रमा रुसको महत्वपूर्ण साथ र सहयोग रहँदै आएको छ, यो मुलुकका लागि गर्वको कुरा हो,' उनले भने । उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र रुसबीच पुरानो सम्बन्ध रहेकाले यसलाई झन् घनिष्ठ बनाउनका लागि यस्ता अल्मुनाईले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

श्रेष्ठले रुस र युक्रेनबीचको युद्धलाई वार्ता र संवादद्वारा समाधान गर्नुपर्ने धारणा राखे । उनले रुसी मुलुकमा सिकेको सीपलाई नेपालको विकासमा लगाउन सबैलाई आग्रह समेत गरे ।

नेपालका लागि रुसी महासङ्घका राजदूत अलेक्सेई निविकोभले रुस र नेपालबीचको सम्बन्धलाई मजबुत बनाउनका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । 'रुस र नेपालको मित्रतालाई मित्रकुञ्जले अगाडि बढाएको छ,' उनले भने ।

मित्रकुञ्जका संस्थापक अध्यक्ष एवं वरिष्ठ अधिवक्ता नीलाम्बर आचार्यले अल्मुनाईले दुई देशबीचको सांस्कृतिक आदानप्रदानका साथै दुई देशबीचको सम्बन्धलाई पुलको काम गरेको बताए ।

नेपालबाट पूर्वसाेभियत सङ्घअन्तर्गतका विभिन्न देशमा गएर अध्ययन गरेका विद्यार्थीहरूको साझा संस्थाका रुपमा सन् १९६७ देखि मित्रकुञ्जलाई अगाडि बढाउँदै आइएको मित्रकुञ्जका अध्यक्ष महेशप्रसाद पाण्डेले जानकारी दिए । मित्रकुञ्जमा हाल एक हजार दुई सय सदस्य आबद्ध रहे पनि नेपालबाट रुस र पूर्वशोभियत सङ्घअन्तर्गत गएर पढ्ने विद्यार्थी भने सात हजारभन्दा बढी रहेको अध्यक्ष पाण्डेको भनाइ छ ।

तीन दिनसम्म चल्ने सम्मेलनमा रुसबाट नौ, पाकिस्तानबाट एक, मङ्गोलियाबाट चार, भारतबाट एक, चीनबाट सात, बङ्गलादेशबाट ३२, नेपालबाट एक सय ५०, भेनिनबाट एकजना प्रतिनिधिको सहभागिता रहेको मित्रकुञ्जका उपाध्यक्ष केशवराज विष्टले जानकारी दिए ।

मित्रकुञ्ज सम्मेलनका हस्पिटालिटी प्रमुख किशोर चापागाईंले नेपालको विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा मित्रकुञ्जले काम गर्दै आएको बताए । सो अवसरमा मित्रकुञ्जबाट प्रकाशित स्मारिकासमेत विमोचन गरिएको थियो ।

उप्रधानमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता

इकागज | जेठ २, २०८१

काठमाडौँ - उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्ट...

वार्ता र कूटनीतिबाट भारतसँगका समस्या समाधान गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

इकागज | जेठ २, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारत घनिष्ठ छिमेकीका साथै आपसी ...

उद्योगमन्त्री भण्डारी र रोमानियाका राजदूत तानेबीच शिष्टाचार भेट

इकागज | जेठ १, २०८१

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र भारतको नयाँ दिल्लीस्थित नेपालका लागि रोमानि...

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट, नेपालमै उद्योग व्यवसाय खोल्न आग्रह

इकागज | बैशाख ३१, २०८१

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसित चिनियाँ लगानीकर्ताले आज भेट गरेका छन् । ...

जापानी परराष्ट्रमन्त्री योकोको रोजाइमा नेपाली लेखकका पुस्तक

इकागज | बैशाख २३, २०८१

काठमाडौँ- नेपालको एकदिने भ्रमणमा आएका जापानी परराष्ट्रमन्त्री खामिखावा योको आज जमलस्थित मण्डला बुक प्वाइन्...

हिमाल र पानीको स्रोत जोगाउन विकसित राष्ट्रलाई गम्भीर हुन राष्ट्रपतिको आग्रह

इकागज | बैशाख २३, २०८१

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी विदेशमन्त्री कामीकावा योकोल...

जापानी विदेशमन्त्री योको र परराष्ट्रमन्त्री श्रेष्ठबीच भेटवार्ता

इकागज | बैशाख २३, २०८१

काठमाडौँ- जापानका विदेशमन्त्री खामिखावा योको र उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच सिंहदरब...