अपराध

वैवाहिक बलात्कारमा दोषी ठहर पूर्वन्यायाधीश गिरी जेल चलान

इकागज | बैशाख ३, २०८१

काठमाडौँ- वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरी जिल्ला अदालत काठमाडौँमा उपस्थित भएपछि जेल चलान भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौँ जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश दिएको थियो । 

काठमाडौँ जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । तर, गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती रावलले कानुनी लडाइँ लडिरहेकी थिइन् ।

अदालतमा आत्मसमर्पण गरेका गिरिलाई थुनामा पठाइएको छ ।

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

इकागज | बैशाख ३, २०८१

काठमाडौँ- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोप...

विभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार, दोषी पत्ता लगाउन सकस

इकागज | चैत २३, २०८०

पर्वत - जलजला गाउँपालिका–२ मा वीभत्स हत्या भएका जिसी दम्पतीको एउटै चितामा दाहसंस्कार गरिएको छ ।&...