अपराध

आफ्नै ५ महिनाको छोराको हत्या गर्ने महिला पक्राउ

इकागज | जेठ ४, २०८१

पर्सा- आफ्नै ५ महिनाको छोराको हत्या गरी फरार रहेको अभियोगमा वीरगंज महानगरपालिका-१७ अलौ बस्ने २२ वर्षीया आरती कुमारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

आरतीले २०८० साउन २७ गते बिहान घरमा कोही नभएको बेला छोराको घाटी थिची हत्या गरी फरार भई भारत पूर्वी चम्पारण थाना रक्सौल पोष्ट सिहपुर हरैयाग्राम एकडर्वा टोलमा बस्दै आएकोमा हाल पर्सा वीरगंजमा घुमफिर गरिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका-१३ बाट पक्राउ गरेको हो ।

जिल्ला अदालत पर्साबाट २०८० कात्तिक १९ गते आरती कुमारी भएको ज्यानसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

युएईमा सेल्स रेप्रिजेन्टिभमा लगाउने भनी कुवेतमा पुर्‍‍याई महिलालाई बन्धक बनाउने दुई जना पक्राउ

इकागज | जेठ २, २०८१

काठमाडौँ- युएईमा पुर्‍याएर सेल्स रेप्रिजेन्टिभ काममा लगाइदिन्छु भनी कुवेतस्थित घरेलु कामदारमा लगाउन...

स्ट्रिप च्याट मार्फत अश्‍लील यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ

इकागज | जेठ १, २०८१

काठमाडौं - स्ट्रिप च्याट मार्फत बालबालिकाहरूलाई अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा &...