मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति

इकागज | फागुन २२, २०८०

तनहुँ- मुग्लिन-पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा ५० प्रतिशत र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ । 

आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ५० प्रतिशत काम सकिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार पूर्वी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ । आँबुखैरेनी, बन्दीपुर र व्यास नगरपालिकाका विभिन्न भागमा गरी १२ किलोमिटर दुईतर्फी र आठ किलोमिटर एकतर्फी खण्ड कालोपत्र सकिएको छ । 

आगामी वैशाख मसान्तसम्म दमौली बजारसम्म कालोपत्र गरिसक्ने लक्ष्य लिइएको छ । त्यसका लागि दमौली बजारमा सडक मापदण्डभित्रका घर भत्काउने काम जारी छ । दमौली बजारमा ७५ घरटहरा हटाइनेछ । अन्यत्र कामले गति लिए पनि दमौली बजारमा घर भत्काउन ढिलाइ हुँदा काम हुनसकेको थिएन । अहिले घरधनी स्वयंले घर भत्काउन सुरु गरिसकेकाले त्यसपछि दमौली खण्डमा पनि कामले गति लिने पाण्डेको भनाइ छ ।
 
पूर्वी खण्डका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । कुल ४१ दशमलव ४५ किमि लम्बाइको यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । सो खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । 

पश्चिम खण्डअन्तर्गत जामुनेदेखि पोखरासम्म पनि कालोपत्रको काम अगाडि बढेको छ । तनहुँको म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित हलेदली र कोत्रेमा कालोपत्र भइरहेको छ । पोखरा खण्डमा पनि केही दूरीमा कालोपत्र भएको छ । पश्चिम खण्डमा हालसम्म एकतर्फी छ किलोमिटर सडक कालोपत्र भएको छ । 

पश्चिम खण्डका इञ्जिनियर एवं आयोजनाका सूचना अधिकारी नारायण पौडेलले यस खण्डमा पनि कालोपत्रको कामलाई तीव्रता दिइएको बताए । पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । 

यस खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म  छ । यो खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको थियो । रासस

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल : पुरुषतर्फ सशस्त्रलाई र महिलातर्फ सुदूरपश्चिमलाई उपाधि

इकागज | फागुन २२, २०८०

कास्की- विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल-२०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी ...

केन्द्रको सत्ता गठबन्धनको असर: मुख्यमन्त्री पाण्डेले हटाए माओवादीका दुई मन्त्री

इकागज | फागुन २२, २०८०

काठमाडौँ  - गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारमा सहभागी दुई मन्त्रीलाई हटाएका छन्...

रुपन्देही सीमाबाट वर्ष दिनमा १५७ महिला तथा बालबालिकाको उद्धार

इकागज | फागुन १९, २०८०

भैरहवा- पछिल्लो समय महिला तथा बालबालिकाको बेचविखन नयाँ-नयाँ शैलीले हुन थालेपछि उद्धार गर्न चुनौतीपूर्...

सुस्ता गाउँपालिकालाई गण्डकीमा ल्याउने एमालेको संकल्प प्रस्ताव

इकागज | फागुन १६, २०८०

पोखरा- नेकपा एमालेले नवलपरासी पूर्वको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा फिर्ता ल्याउनुपर्ने मागसहितको...