प्रदेश / स्थानीय सरकार

कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

इकागज | बैशाख २७, २०८१
काठमाडौँ- नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । बिहीबार ५२ जना सांसदको हस्ताक्षर सनाखत भएसँगै प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदले कार्कीलाई समर्थन गरेका हुन् । कार्कीलाई आजै शपथ गराउने तयारी छ ।
प्रदेश / स्थानीय सरकार

लागूऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

इकागज | बैशाख २७, २०८१

नेपालगञ्ज- बाँकेको जानकी गाउँपालिका-६ स्थित गनापुरमा लागूऔषध कारोबारी पक्राउ गर्न आज प्रहरीले गोली प्रह...