घटना-दुर्घटना

गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा महिलाको मृत्यु

इकागज | बैशाख ३०, २०८१

हुम्ला - गुडिरहेको ट्र्याक्टरबाट खसेर हुम्लामा एक महिलाको ज्यान गएको छ। आइतबार दिउँसो खार्पुबाट सिमकोट आउँदै गरेको लु ४ त १४४९ नम्बरको ट्र्याक्टरबाट खस्दा सिमकोट गाउँपालिका–२ ठेहे गाउकी ५५ वर्षीया नानी बोहराको मृत्यु भएको हो।​

ट्र्याक्टरबाट खसेर गम्भीर घाइते भएकी बोहोराको उपचारका क्रममा जिल्ला अस्पतालमा सिमकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार घटनास्थलबाट दिउँसो १:१० बजे जिल्ला अस्पतालमा उपचारका लागि ल्याएकी बोहोराको उपचार गर्दा गर्दै दिउँसो साढे ४ बजे मृत्यु भएको हो। ट्र्याक्टर र चालकलाई प्रहरीले अहिले नियन्त्रणमा लिएको छ।

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

इकागज | बैशाख २९, २०८१

सङ्खुवासभा - सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीक...