सरकार

शिक्षकलाई मासिकरुपमा तलब भुक्तानी गराउने सरकारको घोषणा

इकागज | जेठ १, २०८१

काठमाडौँ- सरकारले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलब मासिकरूपमा भुक्तानी गर्ने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षकको पारिश्रमिक मासिक रूपमा प्रदान गर्ने व्यवस्था मिलाइने बताए । शिक्षकहरूले हाल त्रैमासिक रूपमा तलब भुक्तानी पाउँदै आएका छन् ।  

शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ । त्यस्तै सरुवा बढुवा लगायतका विषयमा एकीकृत सूचना प्रणालीबाट गरिने राष्ट्रपति पौडेलले बताए ।

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न विशेष प्रोत्साहन प्याकेजको घोषणा

इकागज | जेठ १, २०८१

काठमाडौँ- सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको लागि विशेष ...

प्रत्येक प्रदेशमा एक हजार गाईभैंसी पालनको पूर्वाधार बनाउने सरकारको घोषणा

इकागज | जेठ १, २०८१

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रत्येक प्रदेशमा कम्तीमा एक हजार गाईभैंसी पाल्ने क्षमताका...