फुटबल

ग्रानाडाको पोस्टमा रियल मड्रिडको ४ गोल

इकागज | बैशाख ३०, २०८१

काठमाडौँ- स्पेनिस ला लिगाको उपाधि जितिसकेको रियल मड्रिडले लिगअन्तर्गत नै ग्रानाडाविरुद्ध शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले ग्रानाडालाई ४-० गोलअन्तरले पाखा लगाएको हो । रियल मड्रिडलाई जित दिलाउन ब्राहिम डियाजले २ तथा फ्रान गार्सिया र अर्डा गुलेरले एक-एक गोल गरे ।

यससँगै रियल मड्रिडले ३५ खेलबाट ९० अंक जोडेको छ । दोस्रो स्थानको गिरोनाको समान खेलमा ७५ अंक छ ।

यता पराजयपछि ३५ खेलबाट २१ अंक जोडेर १९ औँ स्थानमा रहेको ग्रानाडा भने रेलिगेसनमा पर्ने खतरा बढेको छ ।

लगातार ४९ औँ खेलमा अपराजित रहेको लेभरकुसेन युरोपा लिगको फाइनलमा

इकागज | बैशाख २८, २०८१

काठमाडौँ- जर्मन फुटबल क्लब बायर लेभरकुसेनले कीर्तिमानी ४९ औँ खेलसम्म आफ्नो अपराजित यात्रा कायम राखेको छ...

च्याम्पियन्स लिगः रियल मड्रिड र बायर्न म्युनिखबीचको खेल आज राति

इकागज | बैशाख २६, २०८१

काठमाडौँ- यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बार्यन म्युनिखबीचको खेल...

क्रिस्टल प्यालेससँग म्यानचेस्टर युनाइटेडको लज्जास्पद हार

इकागज | बैशाख २५, २०८१

काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत क्रिस्टल प्यालेसले म्यानचेस्टर युनाइटेडमाथि शानदार जित हासिल गरेको ...