जात्रा-पर्व

ललितपुरको रातो मच्छिन्द्रनाथको मर्मत सुरु

इकागज | जेठ ४, २०८१

काठमाडौँ- ललितपुरको रातो मच्छिन्द्रनाथको मर्मत सुरु गरिएको छ ।

मच्छिन्द्रनाथको रथ जात्रा चलिरहेका बेला निकै ढल्किएकाले केही दिन रथ तान्ने क्रमलाई रोकेर मर्मत कार्य सुरु गरिएको हो । रथ तान्ने क्रममा चक्काको माथि हुने मलाखे भाँचिएका कारण तान्न समस्या भएको थियो । त्यसपछि ललितपुर गुठी संस्थानले सूचना जारी गरि मर्मत कार्य गर्नुपर्ने भन्दै केही दिन रथजात्रा स्थगित हुने जनाएको थियो । रथको पूर्ण रूपमा मर्मत भएपछि पुन: तान्न सुरु गरिने र लगनखेल पुराइने स्थानीयहरूले जनाएका छन् ।

मच्छिन्द्रनाथको रथयात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ । रातोमच्छिन्द्रनाथ जात्रालाई पाटनको सबैभन्दा महत्वपूर्ण तथा उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा लिइन्छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ अर्थात् पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन् । मछिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ ।

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावालाखेलमा पुर्याएर भोटो देखाइन्छ ।  पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराइएको किंवदन्ती छ । 

धार्मिक सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छः राष्ट्रपति

इकागज | बैशाख ९, २०८१

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भा...

सेतो मछिन्द्रनाथको रथ असनबाट हनुमान ढोका लगियो [फोटोफिचर]

अनुज बज्राचार्य | बैशाख ६, २०८१

काठमाडौँ- काठमाडौँ सेतो मच्छिन्द्रनाथको रथयात्राको क्रममा बुधबार रथलाई हनुमान ढोका बाहिर रहेको का...