फेसन

जेठ ११ गतेदेखि सानेपामा ‘नेपाल फेसन फेस्टिभल-२०२४’ हुँदै

इकागज | जेठ १, २०८१

काठमाडौँ- ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तीकरण गर्दै’ भन्ने नाराका साथ फेसन फेस्टिभल २०२४ हुने भएको छ । जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरमा तीन दिने फेसन फेस्टिभल हुने भएको हो ।

सानेपास्थित हेरिटेज गार्डेनमा उक्त मितिमा बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म फेस्टिभल सञ्चालन हुने भएको छ । सोमबार आयोजित पत्रकार सम्मेलन आयोजक संस्थाक बिजनेस नेटवर्क प्लाटफर्म फेसन नेटवर्क नेपाल (एफएनएन)ले सो जानकारी दिएको हो ।

संस्थाका संस्थापक अध्यक्ष प्रशान्त ताम्राकारले मुलुकको फेसन उद्योगका सबै सरोकारवाला निकायलाई सशक्तीकरण तुल्याउने, उनीहरू फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्ने उद्देश्यले फेस्टिभल गर्न लागिएको बताए ।

आयोजक संस्थाका संस्थापक निर्देशक शेखरराज कसजुले रचनात्मकता, नवप्रवर्तन र प्रेरणाको जीवन्त प्रदर्शन गर्ने थलो बनाउने उद्देश्यले फेस्टिभल गर्न लागिएको बताए । यो फेस्टिभल फेसन, ब्युटी, लाइफ स्टायल र आर्टको समिश्रण हुने उनको भनाइ छ ।

फेस्टिभलमा पञ्च एण्ड सन्स ज्वेलरी, परी कस्मेटिक्स, रिजभल, नमुना फेसन कलेज, आईआईएफटी, पीके मार्केटिङ प्रालि, इन्टा अटायर, आवरण स्किन क्लिनिक, बप्दावा, एसएस फेसन एण्ड क्राफ्ट, हेल्दी च्वाइस, प्रमानी फेसन हाउस, राष्ट्रिय पोशाक घर, श्रीकेश हेयर ओयल, एलआईएम कलेजरएएलसीका स्टलहरु रहने भएको छ ।

त्यस्तै, गुर्खा वाच, अमृता क्राफ्ट, ज्वाला राज डिजाइन, त्रिकाया, बहुबेटी फेब्रिक सेन्टर, लोगो, जुजु, मेकअप दरबार, सुट स्टुडियो, लाली, काया कलेक्सन, अर्को नेपाल, याभी, डिभाइन जेवेल्स, अस्तित्व नेपाल, साबाह नेपाल, बीआईएले पनि फेस्टिभलमा स्टल राख्नेछन् ।

महोत्सवमा अल्लो फेब्रिक्स, काठमाडौं फेब्रिक्स, चियाङ माइ, अंकित फेब्रिक्स, जानिचि कस्मेटिक्स, शमा पस्मिना, न्यू मीउ, केश यूनिसेक्स सलून, स्कुल अफ ब्युटिसियन आईटीसी, फेडेरेसन अफ ह्याण्डी क्राफ्ट एसोसिएसन्स अफ नेपाल (एफएचएएन), जेबीजी बेसपोकले पनि स्टल सजाउनेछन् ।

महोत्सव क्रममा नेपाली फेसन उद्योगको वरपर रहेर हरेक दिन दुईवटा प्यानल डिस्कसन कार्यक्रम सञ्चालन हुनेछ, जहाँ फेसन उद्योगका समस्या, सम्भावना र चुनौतीका बारेमा सम्बन्धित क्षेत्रका विज्ञबीच विचारको मन्थन हुनेछ । महोत्सव अवधिभर ६ वटा प्यानल डिस्कसन हुनेछ ।

फेसनसँग सम्बन्धित कार्यशाला र मास्टर क्लास पनि सञ्चालन हुनेछन् । फेसन भन्ने बित्तिकै ग्ल्यामर फोटोग्राफी पनि जोडिएर आउने भएकाले फेसन फोटो प्रदर्शनीसमेत आयोजना हुँदैछ । अनुभवी पाँच जना फेसन फोटोग्राफरले खिचेका उत्कृष्ट फेसन फोटोग्राफीको प्रदर्शन गरिने छ ।

महोत्सवमा फेसन फिल्म सोकेस समेत समावेश छ, जहाँ फेसन भिडियोग्राफी सोकेस गरिनेछ । हरेक साँझ फेसन रनवे आयोजना हुनेछ, जहाँ महोत्सवमै सहभागिता जनाएका बुटिक, फेब्रिक, फेसन डिजाइनरका पहिरन सोकेस गरिने छ । फेसन शोमा क्याटवाक गर्ने मोडल केही समयअघि अडिसनमार्फत छनोट भइसकेका छन् ।

शोमा क्याटवाक गर्दै नेपालका स्थापित डिजाइनरले तयार पारेका पहिरन प्रदर्शन गर्नका लागि केही दर्जन नयाँ मोडललाई आयोजक संस्थाले पहिलो पटक र्‍याम्पमा प्रस्तुत गर्दैछ ।

 

'मिस्टर इन्टरनेसनल'मा अभिषेक चुडालले जिते 'मिस्टर कन्जिनियालिटी'को अवार्ड

इकागज | कात्तिक १६, २०८०

काठमाडौँ- चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३ अभिषेक चुडालले अन्तर्राष्ट्रिय अवार्ड चुमेका छन् । ...

'मिस एण्ड मिसेस ग्लोरियस ब्युटिसियन नेपाल ’को उपाधि क्रिस्मा कुँवर र श्रीमती सोलिना लामालाई

इकागज | कात्तिक ११, २०८०

काठमाडौं - सौन्दर्य प्रतियोगिता ‘एन प्लस प्रोफेशनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०...