वातावरण

‘भिजिबिलिटी’ कम भएकाले हवाई उडानमा समस्या

इकागज | भदौ ६, २०८०

काठमाडौँ - अविरल वर्षाका कारण मुलुकको आन्तरिक हवाई उडानमा सामान्य असर परेकोे छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार वर्षाका कारण ‘भिजिबिलिटी’ कम भएकाले आन्तरिक उडानमा समस्या आएको हो ।

 विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले प्रतिकूल मौसमका कारण आन्तरिक उडान रोकिएकोे जानकारी दिए । आन्तरिक उडान रोकिए  पनि अन्तर्राष्ट्रिय उडान भने नियमित सञ्चालन भइरहेको उनले उल्लेख गरे । विभिन्न गन्तव्यमा उडान रद्ध भएको एयरलाइन्स कम्पनीले जनाएका छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार सुर्खेतको दुई र तुम्लिङटार गन्तव्यको एक उडान रद्द भएको छ । पोखराबाट भरतपुर र पोखरा–नेपालगञ्जको सबै उडान रद्द गरिएको छ ।

 काठमाडौँ–पोखरा गन्तव्यको उडान सामान्य असर परे पनि केहीबेर अघिदेखि  पुनः उडान सञ्चालन गरिएको उनको भनाइ थियो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म वर्षा जारी रहनेछ । आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 
रासस

भरतपुरमा बाघ देखाइने

इकागज | भदौ ३, २०८०

चितवन - भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा यहाँ आउने पर्यटकलाई बाघ देखाइने भएको छ । चितवन राष्ट्रिय निकु...

आज देशैभर पानी पर्ने

इकागज | साउन २८, २०८०

काठमाडौं - मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ। यसका ...

वातावरणीय प्रभाव र जलवायु परिवर्तनका कारण खानेपानी वितरणमा समस्या : मन्त्री यादव

इकागज | साउन १४, २०८०

काठमाडौँ - खानेपानीमन्त्री महिन्द्रराय यादवले पछिल्लो समय वातावरणीय प्रभाव र जलवायु परिवर्तनको कारण...

जलवायु परिवर्तनसम्बन्धी भइरहेका कामको अवस्थाबारे प्रतिवेदन सार्वजनिक

इकागज | साउन १४, २०८०

काठमाडौँ - नेपालमा जलवायु परिवर्तनसम्बन्धी भइरहेका कार्यको अवस्थाबारे नागरिक स्तरको प्रतिवेदन सार्वज...