कोभिड-१९

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

इकागज | बैशाख २७, २०८१

काठमाडौँ - भारतको सीरम इन्स्टिच्युटले डिसेम्बर २०२१ देखि कोभिशिल्ड भ्याक्सिन उत्पादन बन्द गरेको बताएको छ । यसअघि फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरका बजारबाट आफ्नो कोभिड भ्याक्सिन फिर्ता लिने बताएको थियो ।

भारतको सीरम इन्स्टिच्युटले एस्ट्राजेनेकासँगको सहकार्यमा कोरोना महामारीको समयमा कोभिशिल्ड भ्याक्सिन बनाएको हो ।

भारतको सीरम इन्स्टिच्युटका प्रवक्ताले भने, 'भारतले २०२१ र २०२२ मा उच्च स्तरको खोप हासिल गरेको छ । तर नयाँ भेरियन्टको उदयसँगै पुरानो खोपको माग घटेको छ । डिसेम्बर २०२१ मा, हामीले खोप निर्माण गर्न रोक्यौं र कोभिशिल्ड खोपको आपूर्ति पनि रोक्यौं ।'​

सीरम इन्स्टिच्युट अफ इन्डियाले भन्यो, 'हामी विद्यमान सरोकार र सुरक्षा मापदण्डहरूप्रति प्रतिबद्ध छौं । सन् २०२१ मा खोपको प्याकेजिङमा असामान्य साइड इफेक्टको बारेमा जानकारी दिइएको छ ।'​

एस्ट्राजेनेकाले भर्खरै बेलायती अदालतमा पेश गरेको कागजातमा पहिलो पटक स्वीकार गरेको छ कि यसको कोरोना भ्याक्सिनले केही मानिसहरूमा असामान्य साइड इफेक्टहरू निम्त्याउन सक्छ ।

कोरोना भ्याक्सिन पाएका धेरैले खोपको साइड इफेक्टको लागि क्षतिपूर्तिको माग गर्दै यो औषधि कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् ।

यो खोपका कारण आफूले धेरै आफन्त गुमाएका र अन्य धेरै अवस्थामा कम्पनीको कोरोना भ्याक्सिनले मानिसलाई गम्भीर नोक्सान पुर्याएको यो मुद्दा दायर गर्ने कतिपयले बताएका छन् ।

वीर अस्पतालमा तालाबन्दी गरे आफैँ आएर खोल्छु : मन्त्री बस्नेत

इकागज | पुस २७, २०८०

काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पतालमा यदि कसैले तालाबन्दी गर्छ भने आफै...

कोभिडको सब-भेरियन्ट पुष्टि, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह

इकागज | पुस २३, २०८०

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्वका केही देशमा फैलिरहेको कोभिड-१९ सङ्क्रमणको नयाँ सब-भेरि...