नेपालमा लन्च भयो ईभी बीवाईडी सिल, कति छ मूल्य ?

इकागज | माघ ८, २०८०

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा बीवाईडी सिल सेडान भित्र्याएको छ ।

नेपाली बजारमा सो इलेक्ट्रिक सेडान डाइनामिक, प्रिमियम र पर्फमेन्स गरी तीन भेरिएन्टमा उपलब्ध भएको छ । बीवाईडी सिल डाइनामिकमा ६१.४४ किलोवाट आवरको ब्याट्री र १५० किलोवाटको मोटर रहेको यसले सिंगल चार्जमा ४६० किलोमिटर (डब्ल्युएलटीसी) रेन्ज दिने कम्पनीको भनाइ छ ।

बीवाईडी सिल प्रिमियम र पर्फमेन्स दुवैमा ८२.५६ किलोवाट आवरको ब्याट्री छ भने क्रमशः २३० किलोवाट र ३९० किलोवाटको मोटर छ । यी दुई गाडीमा भएको ब्याट्रीले क्रमशः ५७० र ५२० किलोमिटर (डब्ल्युएलटीसी) रेन्ज दिने बताइएको छ ।

यी तीन भेरिएन्टको मूल्य क्रमशः १ करोड ५ लाख, १ करोड ३९ लाख र १ करोड ८५ लाख रूपैयाँ तोकिएको छ । बीवाईडी सिलका विभिन्न भेरिएन्ट अनुसार केही फरक विशेषता पाउन सकिन्छ । यसमा सार्प हेडल्याम्प क्लस्टर, स्मार्ट डोर ह्यान्डल, वाइड लोअर एयर इन्टेकसहितको एग्रेसिभ बम्पर, फर्वार्ड डिपिङ बनोट, स्पोर्टी अलोय ह्विल, सर्ट ओभर ह्यांग्स, बुमराङ आकारको एलईडी डीआरएल लाइटलगायत फिचर्स छन्।

१०.२५ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, सेलेक्ट गर्न मिल्ने ड्राइभ मोड अप्सन, १५.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम विथ एचयूडी, फ्ल्याट–बटम स्टेयरिङ ह्विल, ठूलो एसी भेन्ट, वायरलेस स्मार्टफोन चार्जरलगायत फिचर्स पाउन सकिन्छ।

यसमा बीवाईडीको लोकप्रिय मानिने ब्लेड ब्याट्री रहेको छ । त्यसैगरी सुरक्षा र अन्य विभिन्न फिचर समेत रहेका छन् ।

जिडब्लुएमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो

इकागज | पुस २४, २०८०

काठमाडौँ- जिडब्लुएमले १.२३ मिलियन इकाइहरू बिक्री गर्दै आफ्नो अन्तर्राष्ट्रिय बजार विस्तारमा उल्लेखनीय सफलता...

टिभिएस आईक्युबमा के-के छन् विशेषता ? चार महिनामा गुड्यो एक लाख किलोमिटर

इकागज | पुस १८, २०८०

काठमाडौँ- नेपालको लागि टिभिएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ इलेक्ट्रिक स्कु...

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो 'हुन्डाई न्यू इयर डिलाइट २०२४' योजना

इकागज | पुस १६, २०८०

काठमाडौँ- ​हुन्डाई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्द...