फुटबल

युरोपा लिगः रोमाविरुद्ध लेभरकुसेनको जित

इकागज |
बैशाख २१, २०८१ शुक्रबार १०:३६ बजे

काठमाडौँ- युरोपा लिग फुटबल प्रतियोगिताअन्तर्गत जर्मन क्लब बायर लेभरकुसेनले जित हात पारेको छ ।

युरोपा लिगअन्तर्गतको सेमिफाइनलको पहिलो लेगमा लेभरकुसेनल इटालियन क्लब रोमाविरुद्ध २-० गोलअन्तरको जित हात पारेको हो ।


जारी सिजनको जर्मन बुन्डेसलिगाको उपाधि हात पारेको लेभरकुसेनलाई जित दिलाउन फ्लोरियन विर्ज र रोबर्ट एन्डरिचले एक-एक गोल गरे ।

लेभरकुसेन र रोमाबीचको दोस्रो लेगको खेल मे १० तारिखमा हुने तालिका रहेको छ ।

अर्को खेलमा फ्रेन्च फुटबल क्लब मार्सेलले इटालियन क्लब अटालान्टासँग १-१ गोलको बराबरी खेल्यो । मार्सेल र अटालान्टाबीचको दोस्रो लेग पनि मे १० तारिखमै हुने तय भएको छ ।


Author

थप समाचार
x