फुटबल

जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !

इकागज |
जेठ ५, २०८१ शनिबार ७:३७:२४ बजे

काठमाडौँ- स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गर्ने तयारी गरेको छ ।

मिडिया रिपोर्टका अनुसार जाभी बार्सिलोनामै रहने सहमति भएको केहि सातामै बार्सिलोनाले जाभीलाई बर्खास्त गर्ने दाबी गरिएको छ ।


काटालन रेडियो स्टेसन आरएसी-१ ले बार्सिलोनाका प्रेसिडेन्ट जोन लापोर्टाले जाभीलाई बर्खास्तको तयारी गरेका हुन् ।

यसअघि जाभीले गत जनवरीमै यस सिजनको अन्त्यमा बार्सिलोना छाड्ने घोषणा गरेका थिए । यस सिजनमा ला लिगा पनि जित्ने अवस्थामा नरहेको र च्याम्पियन्स लिगबाट पनि बाहिरएको अवस्थामा जाभीले बार्सिलोना छाड्ने निर्णय सुनाएका थिए ।

तर केहि साता अघि मात्र प्रेसिडेन्ट लापोर्टा र क्लबका अन्य वरिष्ठ अधिकारीहरूसँगको छलफलपछि जाभी अझै एक सिजन बार्सिलोनामै रहन सहमत भएका थिए । साथै जाभीले बार्सिलोनाको आर्थिक अवस्था राम्रो नभएकाले रियल म्याड्रिडसँग प्रतिष्पर्धा गर्न मुस्किल भएको धारणा व्यक्त गरेका छन् ।  

रिपोर्टका अनुसार बार्सिलोनाका केहि खेलाडीको विषयमा जाभी र व्यवस्थापनबीच फरक धारणा बनेपछि जाभीलाई हटाउने निष्कर्ष निकालिएको छ । साथै जाभीले हाल क्लबमा रहेका खेलाडीको क्षमता अनुसारको नतिजा निकाल्न नसकेको बोर्डको निष्कर्षसमेत रहेको बताइएको छ ।


Author

थप समाचार
x