फुटबल

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

इकागज |
बैशाख २१, २०८१ शुक्रबार ८:५२ बजे

काठमाडौँ- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा ट्रेभोह चालोबाह र निकोलस ज्याक्सनले एक एक गोल गरेका थिए ।


यो जितपछि चेल्सीको ३४ खेलमा ५१ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।

त्यसैगरी टोटनहामको भने ३४ खेलमा ६० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
 


Author

थप समाचार
x