फुटबल

च्याम्पियन्स लिगः बार्यन म्युनिख र रियल मड्रिडको बराबरी

इकागज |
बैशाख १९, २०८१ बुधबार १०:२५ बजे

काठमाडौँ- यूइएफए च्याम्पियन्स लिगअन्तर्गत जर्मन क्लब बार्यन म्युनिख र स्पेनिस क्लब रियल मड्रिडले बराबरी खेलेका छन् ।

मंगलबार राति सम्पन्न सेमिफाइनलको पहिलो लेगमा बार्यन म्युनिख र रियल मड्रिडले २-२ गोलको बराबरी खेलेका हुन् ।


बार्यन म्युनिखका लागि लेरोय साने र ह्यारी केनले एक-एक गोल गर्दा रियल मड्रिडका लागि भिनिसियस जुनियरले दुवै गोल गरे ।

यी दुई टोलीबीचको दोस्रो लेग मे ९ तारिखमा हुने तालिका रहेको छ ।


Author

थप समाचार
x