फोटो फिचर

ललितपुरको गोदावरीमा लागेको डढेलो [फोटो फिचर]

अनुज बज्राचार्य |
बैशाख १९, २०८१ बजे

तस्बिर : अनुज बज्राचार्य

काठमाडौँ - गर्मी बढेसँगै देशभर डढेलोको प्रकोप छ । डढेलोले जीवजन्तु कीरा मट्याङ्ग्राको बासस्थान उजाड बनाएको छ । डढेलोको धुवाँले वातावरण पनि प्रदूषित बनेको छ ।  ललितपुरको गोदावरीस्थित लेले जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो नियन्त्रणमा आउन सकेका छैन ।

गोदावरी नगरपालिका–६ टीकाभैरवको सामुदायिक वन, सोही नगरपालिकाको वडा नं ५ महादेव खोला सत्य सामुदायिक वन, वडा नं ४ बडिखेलको तपेश्वर मन्दिर वन, वडा नं ९ छेडा सामुदायिक वन, वडा नं ३ जयभद्र सामुदायिक वन, वडा नं १० चारघरे सामुदायिक वन, वडा नं. ९ ढुङ्गेनी पातले सामुदायिक वन, वडा नं २ ताप्लेछाप सामुदायिक वन, बागमती गाउँपालिका–५ कुँडुल्लेको सरकारी वन र महालक्ष्मी नगरपालिका–३ लुभु पातले सामुदायिक वनमा पाँच दिनदेखि आगलागी भएको  जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए। आगो निभाउन नेपाल प्रहरी, नेपाली सेन र सशस्त्र प्रहरी बलको टोली  परिचालन भएको उनले बताए ।


 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार