विश्व

इजरायली सेनाले गाजाको रफाह सहरबाट मानिसहरूलाई बाहिर निकाल्न थाल्यो

इकागज |
बैशाख २४, २०८१ सोमबार १३:२९ बजे

काठमाडौँ - इजरायली सेनाले दक्षिणी गाजाको रफाह सहरबाट मानिसहरूलाई बाहिर निकाल्न सुरु गरेको छ। 

रफाह सहरमा १० लाखभन्दा बढी प्यालेस्टिनीहरूले शरण लिएका छन् ।


इजरायली सीमा नजिक पूर्वी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई खान युनिस र अल-मवासी जान भनिएको छ।

इजरायली सेनाले त्यहाँ टेन्ट, खाना, पानी र औषधिको सुविधा उपलब्ध गराइने दाबी गरेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई पराजित गर्न रफाहमा भएको आक्रमण आवश्यक रहेको बताएका छन् ।

धेरै मानवअधिकार संगठनहरूले इजरायललाई रफाहमाथि आक्रमण नगर्न अपिल गरेका छन्।

मानवअधिकार संगठनहरूले इजरायलले रफाहमा आक्रमण गरे हजारौं प्यालेस्टाइनीको मृत्यु हुन सक्ने डर व्यक्त गरेका छन्।


Author

थप समाचार
x