समाज

कतार एयरवेजको विमान उड्नेक्रममा धुवाँ देखियो

इकागज |
बैशाख २४, २०८१ सोमबार १५:५२ बजे

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट कतार एयरवेजको ६५३ उडान नम्बरको जहाजमा प्राविधिक समस्या देखिएपछि उडान रोकिएको छ ।

३१८ जना यात्रु चढेको कतार एयरवेजको विमान आज बिहान ११:४५ बजे कतारका लागि उड्ने तयारीका क्रममा धुवाँ उडेको देखिएपछि उडान रोकिएको हो ।


अहिले विमानमा प्राविधिक परीक्षण गरिएको र फेरि उड्ने तयारीमा रहेको विमानस्थलको कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् ।


Author

थप समाचार
x