समाज

मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन

इकागज |
बैशाख २२, २०८१ शनिबार २१:१४ बजे

हेटौंडा- थानकोट-चन्द्रागिरी-चित्लाङ सडकमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । शनिबार दिउँसो कम्प्याक्टर दुर्घटना हुँदा सडक मर्मतमा खटिएका एक जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा नुवाकोटका २९ वर्षीय सागर भण्डारी रहेको इलाका प्रहरी कार्यालय चित्लाङले जनाएको छ ।


उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक श्याम थापामगरले जानकारी दिए । प्रहरीले कम्प्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।


Author

थप समाचार
x